११ कार्तिक २०८०, शनिबार

ताजा खबर

लकडाउन साउन ७ गतेसम्मका लागि थप गर्ने मन्त्री परिषद्को निर्णय

   १६ असार २०७७, मंगलवार ०७:५० प्रकाशित

लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने मन्त्री परिषदले निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो।

कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको मन्त्रीपरिषदले निर्णय गरेको एक मन्त्रीले बताए ।

यद्यपी निश्चित ठाउँकाे जाेखिम अनुसार स्थानीय र प्रदेश सरकारले नै लकडाउन खुकुलो र कडा पार्न सक्नेगरी निर्णय भएकाे उनले बताए। 

सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियाे।

जसअनुसार निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् भने सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन्।

त्यस्तै सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द अवस्थामा छन्।

कोरोनाभाइरसका कारण गत चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको हो। 

89 Views
%d bloggers like this: