१६ माघ २०८०, मंगलवार

ताजा खबर

गाँजा सहित दुई जना पक्राउ

   २१ असार २०७७, आईतवार १५:१६ प्रकाशित

हेटौडाबाट वीरगंज तर्फ आउदै गरेको ना ६ ख ६७७४ नम्बरको टयांकरबाट मकवानपुर प्रहरीले १ सय २८ किलो ग्राम लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले बीरगंज जादै गरेको गरेको ना ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्याङ्करमा लुकाईछिपाई लागूऔषध गाँजा ओसारपसार गरिँदै छ भन्ने विशेष सूचना प्राप्त भएपछि टयांकरलाई चेकजाँच गर्दा सो परिणामको गाँजाबरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

गाँजा सँगै प्रहरीले ट्याङ्करका चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३० बस्ने २७ वर्षीय एनामुलहक देवान र सह–चालक सोही स्थानका २४ वर्षीय मोहरवान अन्सारीलाई पक्राउ गरेको रानाले बताउनुभयो । अभियुक्तहरुलाई थप अनुसन्धानका लागि लागु औषध ओसार पसार मुद्दामा थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । स्रोत: रेडियो बिरगंज

98 Views
%d bloggers like this: