१२ माघ २०८०, शुक्रबार

ताजा खबर

राष्ट्रपति डोनल्ड ट्रम्पले पनि लाउन थाले मास्क

   २९ असार २०७७, सोमबार ०९:२२ प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महामारी सुरु भएयता पहिलो पटक सार्वजनिक रूपमा मास्क लगाएका छन्।

घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टनबाहिर अवस्थित वाल्टर रीड सैनिक अस्पताल जाँदा राष्ट्रपति ट्रम्पले मास्क लगाएका हुन्।

उनले भने, “म कहिल्यै मास्क लगाउने कुराको विपक्षमा थिइनँ। तर समय र ठाउँअनुसार त्यसको प्रयोग गर्नुपर्छ भन्ने मेरो विश्वास हो।”

यसअघि उनले आफूले मास्क नलगाउने बताएका थिए र डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गरेका थिए।

  • विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिन अमेरिकाको प्रक्रिया सुरु
  • कोरोनाभाइरसबाट कहाँ कति सङ्क्रमण? कति मृत्यु? [अन्तर्क्रियात्मक नक्सा]

तर शनिवार उनले भने, “तपाईँ अस्पतालमा रहँदा, विशेषगरी जहाँ तपाईँ थुप्रै सैनिक र मानिसहरूसँग कुरा गरिरहनु भएको छ, मलाई लाग्छ, मास्क लगाउनु राम्रो कुरा हो।”

तर एप्रिल महिनामा अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रेभेन्शन (सीडीसी) ले भाइरसको विस्तार रोक्ने काममा सहयोग पुर्‍याउन मानिसहरूलाई मास्क वा कपडाले मुख छोप्न सिफारिस गर्दा ट्रम्पले आफूले त्यसको अनुसरण नगर्ने संवाददाताहरूलाई बताएका थिए।

केही सञ्चारमाध्यमले राष्ट्रपतिका सल्लाहकारहरूले उनलाई सार्वजनिक स्थानमा मास्क लगाउन बारम्बार आग्रह गरेको उल्लेख गरेका थिए।

श्राेतः बिबिसि नेपाली

130 Views
%d bloggers like this: