१० माघ २०८०, बुधबार

ताजा खबर

बिद्यार्थीहरुलाई भेला गराइ कक्षा संचालन नगर्न मधुवन नगरपालिकाको आग्रह

   २९ असार २०७७, सोमबार ०९:४५ प्रकाशित

बर्दिया, बर्दियाको मधुवन नगरपालीकाले टोलटोलमा बिध्यार्थीहरुलाइ भेला गराइ कक्षा सन्चालन नगर्न आग्रह गरेको छ ।  नगरभित्र बिध्यार्थीहरुलाइ बिध्यालय , होस्टल तथा टेलटोलमा भेला जम्मा गराइ कक्षा सन्चालन गर्ने गरीएको  हुदा त्यसो नगर्न नगरभित्र रहेका सम्पुर्ण सामुदायिक बिध्यालय तथा संस्थागत बिध्यालयहरुलाइ सुचना जारि गरी आग्रह गरीएको छ ।

बिश्व कोरोना भाइरसको सन्त्रासमा रहेका बेला मधुवन नगरपालीका पनि कोभिड १९ को उच्च जोखीममा रहेको छ ।
भेला जम्मा गराइ कक्षा सन्चालनले कोभिड १९ को अझै संक्रमण बढन सक्ने हुदा यस्तो कार्य नगर्न सबै शैक्षिक संस्थालाइ आग्रह गरीएको मधुवन नगरपालीकाका शिक्षा , युवा तथा खेलकुद शाखा अधिकृत नारायण प्रसाद खनालले जानकारी दिनु भएकाे थियाे । शाखा अधिकृतले बैकल्पिक सिकाइको माध्यमहरु रेडियो , टेलिभिजन र अनलाइनबाट कक्षा सन्चालन भइरहेकाले बिध्यार्थीहरुलाइ बैकल्पिक सिकाइमा सहयोग गर्न  पनि आग्रह गर्नु भएकाे छ ।

139 Views
%d bloggers like this: