९ माघ २०८०, मंगलवार

ताजा खबर

मझौला व्यवसायीलाई सहज हुने मौद्रिक नीति सार्वजनिक गर्न नेपाली कांग्रेसको माग

   ३० असार २०७७, मंगलवार २१:५० प्रकाशित

नेपाली कांग्रेसले गठन गरेको ‘कोरोना पछि उत्पन्न परिस्थिति अनुगमन समिति’ ले नेपाल राष्ट्र बैंकसँग साना तथा मझौला व्यवसायीलाई सहज हुने मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । समितिले मंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर साना तथा मझौला व्यवसायीलाई सहज हुने मौद्रिक नीति ल्याउन आग्रह गरेको हो ।

कोरोना महामारीका कारण असाधारण परिस्थिति सिर्जना हुँदा गुम्दै गएको रोजगारीको समस्या समाधान गर्ने प्रमुख कर्तव्य राष्ट्र बैंक भएकाले गर्भनर अधिकारीलाई साना तथा मझौला व्यवसायीलाई सहज हुने मौद्रिक नीति सार्वजनिक गर्न आग्रह गरेको समितिले जनाएको छ ।

समितिका संयोजक सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वमा गएको टोलीले राष्ट्र बैंकलाई साना तथा मझौला उद्योग धन्दा चल्ने वातावरण नभएर व्यवसायीले व्यवसाय सञ्चालन गर्न नसकेको जानकारी दिएको छ । टोलीमा समिति संयोजक डा. महतसँगै सदस्यहरु एनपी साउद, डा. चन्द्र भण्डारी, राजिवबिक्रम शाह, डा. प्रभु बुढाथोकी, डा. पोसराज पान्डे, नैनसिंह महर सहभागी थिए

187 Views
%d bloggers like this: