बिगत २ दिनदेखि बर्दियामा कोरोना संक्रमणको कहर बढ्दो देखिन्छ । यसै सन्दर्भमा गत २४ घण्टामा भेरी अस्पताल प्रयोगशालामा गरिएको ३०० जनाको परीक्षणमध्य २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उक्त संक्रमितमध्य १० जना बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका निवासी रहेको जानकारी गराइएको छ । बर्दियास्थित ठाकुरबाबा नगरपालिका-१ का २ जना , ठाकुरबाबा नगरपालिका -३ का ४ जना, ठाकुरबाबा नगरपालिका – ६ का २ जना र ठाकुरबाबा नगरपालिका-८ का २ जना गरि आज १० जना (१७ बर्ष – ४३बर्ष ) नयाँ संक्रमित बर्दियामा भेटिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ । यसैगरी मिति २०७७ साउन २ गतेसम्म बर्दियामा २०९ जना कोरोना पोजेटिभ देखिएको थियो भने आज थप १० जनामा संक्रमण पुष्टि भएसगैँ बर्दिया जिल्लामा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।
बर्दियाको ठाकुरबाबामा १० जनामा कोरोना संक्रमण पुष्टि
बर्दिया न्युज,
३ श्रावण २०७७, शनिबार १६:४१ प्रकाशित
105 Views