टी–२० क्रिकेटको सबैभन्दा ठूलो फेन्चाइज लिग इण्डियन प्रिमियर लिग (आइपिएल) यसवर्ष कोभिड-१९ का कारणले युएईमा भइरहेको छ।
यसवर्षको आइपिएलमा युवा जोश र जाँगर निकै देखिएको छ। बिसिसिआई अन्तर्गत भारतको २२ वर्ष मुनिका ६ खेलाडी एउटा टिममा हुनैपर्ने कारणले गर्दा युवालाई मौका मिलेको हो।
प्राप्त अवसरमा युवा खेलाडी आफ्नो क्षमता देखाइरहेका छन्। जसमध्ये ६ जना युवा क्रिकेटरको विषयमा यहाँ चर्चा गरिएको छ।
उत्कृष्ट युवा ब्याट्सम्यान
पृथ्वी श
२० वर्षीय युवा पृथ्वी श आइपिएलमा उत्कृष्ट ब्याट्सम्यानमा पर्छन्। भारतले पछिल्लोपटक १९ वर्ष मुनिको विश्वकप हात पार्दा उनी टिमका कप्तान थिए। दिल्ली क्यापिटल्सका ओपनर उनी कलिलै उमेरमा पनि धेरैले रुचाउने खेलाडी बनिसकेका छन्।
शुभमन गिल
कोलकत्ता नाइट राइडर्सका शुभमन गिल पनि एक उम्दा ब्याटसम्यान हुन। युवा उमेरमै धेरै छाप छोड्न सफल उनले भारतको १९ वर्षमुनिको विश्वकप पनि खेलेका थिए। उनी त्यसबेला पनि उत्कृष्ट रहेका थिए। २०१८ बाट आइपिएल प्रवेश पाएका उनले कोलकत्ताबाट खेल्न सुरु गरेका थिए । यसवर्ष गिललाइ आफ्नो विषेश पहिचान बनाउने मौका छ ।
देवदुत पडिकल
अर्का खतरनाक ब्याट्सम्यान रोयल च्यालेन्जर्स बैङ्लोरका देवदुत पडिकल हुन्। १८ वर्षीय पडिकलले यस वर्ष मात्र आइपिएलमा मौका पाएका हुन्। विगत वर्षमा कर्नाटका प्रिमियर लिगमा विशेष छाप छोड्दै उनी बैङ्लोरतर्फ लागेका हुन्। उनीमाथि बैङलोरले गरेको विश्वासलाइ उनले पूर्णरुपमा निभाइरहेका छन्। बैङलोरले उनलाई २० लाख भारुमा खरिद गरेको थियो।
इसान किसन
मुम्बाइ इण्डियन्सका इसान किसन आइपिएलमा एक बिस्फोटक ब्याट्सम्यानका रुपमा चिनिन्छन्। धेरैभन्दा धेरै छक्का हन्ने क्षमता भएका किसनले चोटका कारण यसवर्षको पहिलो केही खेलहरु गुमाएका थिए। चोट निको भइ टिममा फिर्ता भएका उनले पहिलो खेलमै बैङ्लोरैविरुद्ध ९९ रन बनाएका थिए अब भने उनी टिमको रोजाइमा पहिलो ११ खेलाडीभित्र अटाउन सफल भएका छन्।
उत्कृष्ट युवा बलरहरू
राहुल चाहार
मुम्बाइ इण्डियन्सका राहुल चाहारले आफ्नो बलिङबाट निकै प्रभाव जमाइरहेका छन्। ७.४३ को इकोनमी रेट रहेको उनले कुनै पनि बेला जमेका ब्याटसम्यानको विकेट झारी पेबेलियन पठाउने क्षमता राख्छन्। उनको भविष्य भारतीय टीममा अब भने सुनिश्चित जस्तै भएको छ। २१ वर्षीय चाहार लेग ब्रेक गुगली गर्न एकदमै माहिर देखिन्छन्।
रवी बस्नोइ
किङ्स ११ पञ्जावका रवी बस्नोइ पनि एक कलात्मक २० वर्षे उत्कृष्ट लेगस्पिनर हुन् । हालै रोयल च्यालेन्जरस बैङलोर विरुद्धको खेलमा उनले तीन विकेट लिएका थिए। १९ वर्षमुनिको विश्वकपमा बस्नोइले ६ खेलमा १७ विकेट लिँदै सबैभन्दा उत्कृष्ट प्रदर्शन देखाएका थिए ।
शिवम् मावी
शिवम मावी तेज गति बलिङको लागि चिनिन्छन्। १९ वर्षको उमेरमा विश्वकप खेलेका उनले १४० किलोमिटर प्रतिघन्टाको स्पिडसम्म बलिङ गरेका छन् । कोलकत्ताबाट आइपीएल खेलिरहेका उनी तीन करोड भारुमा कोलकत्ता भित्रिएका थिए। यस सिजनको आइपिएलमा उनले कुनै चमत्कारिक नतिजा दिलाए भनेपनि त्यसलाइ सहज रुपमा लिन पर्ने बेला आएको छ ।
साम कुरान
२२ वर्षीय साम कुरान यसपाली आइपिएलमा चेन्नाइ सुपरकिङगबाट खेलिरहेका छन्। ब्याटिङमा समेत क्षमता भएका कुरान आइपिएलमा बलर तथा उत्कृष्ट अलराउन्डरको रुपमा पनि चिनिँदै आएका छन्।
श्राेतः सेताेपाटी.कम