५ आश्विन २०७८, मंगलवार

ताजा खबर

सौर्यमण्डल बाहिरका दर्जन ग्रहहरुमा जीवनको सम्भावना !

   १४ कार्तिक २०७७, शुक्रबार १६:२३ प्रकाशित

सयौं वर्षदेखि मानिसहरुको मस्तिष्कलाई खल्बलाउँदै आएको एउटा जब्बर प्रश्न हो– के जीवन पृथ्वीमा मात्रै सम्भव हो र ? के पृथ्वीभन्दा बाहिरका अनन्त ब्रम्हाण्डमा जीवन छैन र ?

यो कुराको उत्तर खोज्ने क्रममा लामो समयदेखि वैज्ञानिक अध्ययन अनुसन्धान हुँदै आएका छन् । र, अहिलेको विज्ञानको सीमाले पृथ्वीबाहिर ब्रम्हाण्डको कुनै पनि कुनामा जीवनको अस्तित्व फेला परिसकेको छैन । तर, जीवनका सम्भावना रहेका थुप्रै स्थानहरु भने पहिचान गरिसकेको छ ।

यहीक्रममा हाम्रो सौर्यमण्डलभन्दा बाहिर, जीवनका लागि पृथ्वीभन्दा पनि योग्य र सम्भावना भएका करिब दुई दर्जन ग्रहहरुको पहिचान भइसकेका छन् ।

एस्ट्रोबायोलोजीको सेप्टेम्बर १८ मा प्रकाशित एक अध्ययन रिपोर्टमा  अनुसन्धानकर्ताहरुले ती ग्रहहरु पृथ्वीभन्दा पनि केही पुरानो, अझै बढी पानी भएको, तापमान केही बढी रहकेो र आकारमा पनि केही ठूला रहेको उल्लेख गरेका छन् । ती सबै पक्षहरुको आधारमा भन्दा सम्भवतः ती ग्रहहरुमध्ये केही ग्रहहरु पृथ्वीबाहिर जीवनको खोजी गर्नका लागि उत्तम स्थान हुन सक्छन् ।

‘हामीले जटील खालको जीवनचक्रको सम्भावना बोकेका केही निश्चि ग्रहहहरुमा ध्यान केन्द्रीत गरेका छौं । यद्यपि, जीवनका लागि पृथ्वीभन्दा पनि योग्य ग्रहहरु हुन सक्ने स्थितिमा हामीले अर्को पृथ्वी खोज्ने कुरामा अड्किनु हुँदैन भन्ने कुरामा पनि हामी सतर्क हुनैपर्छ,’युनिभर्सिटी अफ वाशिङ्गटनका एस्टोवायोलोजिस्ट डिर्क स्कुलजे–माकाउचले एक वक्तव्यमा भनेका छन् ।

‘हामीले जटील खालको जीवनचक्रको सम्भावना बोकेका केही निश्चि ग्रहहहरुमा ध्यान केन्द्रीत गरेका छौं । यद्यपि, जीवनका लागि पृथ्वीभन्दा पनि योग्य ग्रहहरु हुन सक्ने स्थितिमा हामीले अर्को पृथ्वी खोज्ने कुरामा अड्किनु हुँदैन भन्ने कुरामा पनि हामी सतर्क हुनैपर्छ,’ युनिभर्सिटी अफ वाशिङ्गटनका एस्टोवायोलोजिस्ट डिर्क स्कुलजे–माकाउचले एक वक्तव्यमा  भनेका छन् ।

पृथ्वीभन्दा पनि जीवनयोग्य ग्रहहरुको खोज

अहिलेसम्म अन्तरिक्ष वैज्ञानिकहरुले हाम्रो सौर्यमण्डलभन्दा बाहिर करिब ४ हजारवटा ग्रहहरु पत्ता लगाइसकेका छन् । तीमध्ये धेरैजसो अहिलेको पृथ्वीको हिसाबले कुरा गर्दा जीवनयोग्य छैन । उदाहरणको लागि केल्ट–नाइनबी (KELT-9b) नाम दिइएको ग्रह यति तातो छ कि त्यहाँको वातावरण लगातार पग्लिरहेको अवस्थामा छ । अहिलेसम्म पत्ता लागेका सबैभन्दा अँध्यारो ग्रह ट्रेस–टुबी (TrES-2b) को वातावरणको तापक्रम १८०० डिग्री फरेनहाइट –९८० डिग्री सेल्सियस) छ । अर्कोतिर, जीवनको लागि सबैभन्दा अयोग्य अर्को ग्रह जीजे ४३३ डी ९० हो, जुन अहिलेसम्म पत्ता लागेकै सबैभन्दा चिसा ग्रह हो ।

तर, थुप्रै ग्रहहरु यस्ता पनि फेला परेका छन्, जुन आफ्नो ताराबाट जीवनका लागि योग्य (habitable zone) दूरी मा छन् । यो भनेको ती ग्रहहरु आफ्नो ताराबाट न त धेरै तातो, न त धेरै चिसो, अर्थात् पृथ्वीको हिसाबले जीवन सम्भव हुनका लागि आवश्यक ठिक्कको दूरी छन् । स्कुलजे–माकाउच र उनका सहकर्मीहरु त्यस्तो ग्रहको खोजीमा छन्, जुन पृथ्वीभन्दा पनि अझ विशिष्ट रुपमा जीवनयोग्य स्थान (superhabitable) मा रहोस्, जहाँ जीवन फल्ने फुल्ने पर्याप्त सम्भावना रहेको होस् ।

अनुसन्धानकर्ताहरुले जीवनका सम्भावना खोज्ने क्रममा ग्रहको हुनुपर्ने विशेषतामा पनि उल्लेख गरेका छन् । उनीहरुका अनुसार– यो भनेको त्यस्तो विशिष्टता हो जसमा ताराको जीवन र आकार जीवनको लागि उपयुक्त खालको होस् । खासगरी, पृथ्वीमा जटील किसिमको जीवन उत्पन्न हुनका लागि ३.५ अरब वर्ष लागेको र मानिस जस्तो प्रबुद्ध जीव देखापर्न करिब ४ अरब वर्ष लागेको कुरालाई पनि विशेष ख्याल गरिनुपर्छ । त्यसै गरी, ग्रहको आकार ठूलो हुनुको अर्थ त्यहाँ बसोबासका लागि पर्याप्त जमीनहरु हुन्छन्, त्यसको गुरुत्वाकर्षण पनि अलि बढी नै हुने गर्छ, जसले त्यहाँको वातावरणलाई झनै बाक्लो बनाउन तथा उड्ने खालका जीवहरुका लागि अनुकूलन हुने गर्छ ।

पृथ्वीभन्दा अझ केही बढी तापमान भएको ग्रह झनै बढी जीवनयोग्य हुन सक्छ । अनुत्पादनशील ठूलो ध्रुवीय क्षेत्रहरु नरहेको ग्रह होस्, जसमा पृथ्वीभन्दा केही तातो तर अझ बढी पानी भएको होस् जसले गर्दा मरुभूमिले जमीनको ठूलो हिस्सा नओगोटोस् । यस हिसाबले जीवनयोग्य ग्रहको अवस्था आजभन्दा करिब ३५ करोड ९० लाख वर्षअघिको पृथ्वीको जस्तो होस्, जुन बेला पृथ्वीको जमीनमा वातावरण ट्रपिकल रेनफरेस्टको जस्तो थियो ।

त्यसैगरी, पृथ्वीभन्दा अझ केही बढी तापमान भएको ग्रह झनै बढी जीवनयोग्य हुन सक्छ । अनुत्पादनशील ठूलो ध्रुवीय क्षेत्रहरु नरहेको ग्रह होस्, जसमा पृथ्वीभन्दा केही तातो तर अझ बढी पानी भएको होस् जसले गर्दा मरुभूमिले जमीनको ठूलो हिस्सा नओगोटोस् । यस हिसाबले जीवनयोग्य ग्रहको अवस्था आजभन्दा करिब ३५ करोड ९० लाख वर्षअघिको पृथ्वीको जस्तो होस्, जुन बेला पृथ्वीको जमीनमा वातावरण ट्रपिकल रेनफरेस्टको जस्तो थियो ।

त्यसैगरी, अनुसन्धानकर्ताहरुले आफ्नो रिपोर्टमा अहिलेको पृथ्वीभन्दा अझै राम्रो ग्रहको चन्द्रमा पनि पृथ्वीको चन्द्रमाभन्दा केही ठूलो र ग्रहको नजिक रहेको होस्, जसले ग्रहको घुम्ने गतिलाई नियन्त्रित राख्न र जीवनको सम्भावनालाई अन्त्य गरिदिने अनावश्यक हलचलहरुलाई रोकोस् भन्ने पनि उल्लेख गरेका छन् ।

माथि उल्लिखित मापदण्डहरुका आधारमा अनुसन्धानकर्ताहरुको ध्यान एउटा त्यस्तो ग्हले तानेको छ, जुन ग्रहले के ड्वार्फ तारालाई परिक्रमा गर्ने गर्छ । उक्त तारा एउटा सानो खालको तारा हो, जुन हाम्रा सूर्यभन्दा केही कम तातो छ र त्यसको आयु ५ अरबदेखि ८ अरब वर्ष मानिएको छ । त्यसलाई घुम्ने उक्त ग्रह पृथ्वीभन्दा १० प्रतिशत ठूलो, ९ फरेनहाइट तातो रहेको विश्वास गरिएको छ । त्यसको वातावरण पनि पृथ्वीभन्दा नमी भएको र त्यहाँको वातावारणमा २५ देखि ३० प्रतिशतसम्म अक्सिजन रहेको तथा जल र जमीनमा विभाजित भएको मानिसएको छ । उक्त ग्रहमा पनि प्लेट टेक्टोनिक वा त्यस्तै किसिमको प्रक्रिया भएको र त्यसले त्यहाँका खनिज वा मिनरलहरुलाई निरन्तर पुननवीकरण गरेर विविधतायुक्त वसोबासयोग्य क्षेत्रहरु निर्माण गरिरहेको छ । सो ग्रहको आफ्नै आकारको १ देखि १० प्रतिशतसम्म आकार भएको एउटा उपग्रह (चन्द्रमा)ले त्यसलाई उपयुक्त स्थानमा रहेर परिक्रमा गररहेको विश्वास गरिन्छ ।

त्यसो त यी सबै तथ्यहरु वैज्ञानिक गणनाका आधारमा तय गरिएका कुरा हुन् । यी मापदण्डहरुका आधारमा सुदुर अन्तरिक्षमा रहेका ती ग्रहहरुको बारेमा सही ढंगले मूल्यांकन गर्न सम्भव छैन । ती ग्रहहरुको जमीनी क्षेत्र कस्तो छ भन्ने बारेमा गणना गर्न पनि अहिलेको विज्ञानले यति परबाट सम्भव नै छैन ।

त्यसो त यी सबै तथ्यहरु वैज्ञानिक गणनाका आधारमा तय गरिएका कुरा हुन् । यी मापदण्डहरुका आधारमा सुदुर अन्तरिक्षमा रहेका ती ग्रहहरुको बारेमा सही ढंगले मूल्यांकन गर्न सम्भव छैन । ती ग्रहहरुको जमीनी क्षेत्र कस्तो छ भन्ने बारेमा गणना गर्न पनि अहिलेको विज्ञानले यति परबाट सम्भव नै छैन ।

तथापि, सो ग्रहको व्यास, त्यसले परिक्रमा गर्ने ताराको किसिम जस्ता कुराहरुका आधारमा अनुसन्धानकर्ताहरुले त्यस्ता ग्रह वा अन्तरिक्षीय पिण्डहरुमा नजर राख्ने गरेका छन् । यसै सिलसिलामा केपलर टेलिस्कोपले २४ वटा त्यस्ता पिण्डहरु पत्ता लगाएका छन्, जुन ग्रह हुन पनि र नहुन पनि सक्छन् । तीमध्ये २ वटा पेपलर ११२६ बी र पेपलर ६९ सी चाहिँ ग्रह नै रहेको सुनिश्चित भइसकेका छन् । बाँकी अरुको सही पहिचान हुन बाँकी नै छन् र ग्रह जस्ता देखिएका ती पिण्डहरु ग्रह नहुन पनि सक्छन् । ती २४ वटामध्ये नौवटाले सही किसिमका तारालाई परिक्रमा गरिहेको पाइएका छन्, १६ वटा सही उमेरका छन् र पाँच वटा सही तापमानको दूरीमा छन् । तमिध्ये एउटा पिण्ड केओआइ ५७१५.०१ चाहिँ त्यसले घुम्ने तारा, उमेर र तापमान– तीनवटै मापदण्डमा खरो उत्रिएका छन् । तर उक्त ग्रहको सतहको तापक्रम चाहिँ  त्यसको वातावरणमा रहेको ग्रिनहाउस असरमा निर्भर हुने कुरा अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् ।

वैज्ञानिक हिसाबले यो कुरा उत्साहजनक भइहाले पनि व्यवहारमा चाहिँ उत्साहित भइहाल्नुपर्ने कारण छैन । जीवनका सम्भावना बोकेका ती २४ वटै सम्भाव्य ग्रहहरु पृथ्वीबाट १०० प्रकाश वर्ष टाढा छन् भने केही त त्यसभन्दा पनि अझै टाढा र हालका शक्तिशाली दूरवीनहरुले पनि अध्ययन गर्न कठिन हुने दूरीमा छन् । उदाहरणको लागि, केपरल–६९सी नाम दिइएको ग्रह २ हजार प्रकाश वर्ष टाढा छ । यो भनेको अन्तरिक्ष वैज्ञानिकहरुले त्यहाँ जीवनको सम्भावना छ कि छैन भनेर अध्ययन गर्न अहिलेको विज्ञानको सीमामा असम्भव जस्तै छ ।

स्रोत : लाइभसाइन्स

77 Views
%d bloggers like this: