५ माघ २०८०, शुक्रबार

ताजा खबर

फोहर लाई मोहर वनाउँने गुलरिया नगरपालिकाको योजना

   ८ पुष २०७७, बुधबार ११:१७ प्रकाशित

गण्डकि उर्जा कम्पनीले गरेको फोहोर मैला व्यबस्थापनवाट ग्यास उत्पादन र आर्गनिक मल उत्पादन गरेको फेला परेको छ ।नगरपालिकाले उचित तरिकाले फोहोर व्यबस्थापन गर्न सके लाखौको राजश्व उठ्ने सम्भावना देखिएको छ ।

पोखरा पुस ७ (फरकसमाचार)
फोहोर लाई मोहर बनाउँने उदेश्यले एउटा टिम गुलरिया नगरपालिकाले परिचालन गरेको छ । फोहोर व्यबस्थापन गरेर नगरपालिकाले आयआर्जनका गर्नका लागि परिचालित टिमले पोखराका बिभिन्न ठाउँमा रहेका ल्यान्डफिल्ड साईड भ्रमण गरिरहेको छ । गुलरिया नगरपालिकामा फोहर व्यबस्थापनका निर्माण गरेको ल्यान्डफिल्ड साईड पश्चिम नेपालमा नमुनाको रुपमा रहेपनि ल्यान्डफिल्ड साईड अतिरिक्त आम्दानीका लागि गुलरिया नगरपालिकाको टोली पोखरा भ्रमण निस्केको हो । टोलीको नेतृत्व प्रमुख प्रशासकिय अधिकृत,धर्मराज न्यौपानेले गरेका छन भने वरिष्ठ अधिकृत मुकुन्द अर्याल,कार्यपालिका,सव ईन्जिनियर अर्जुन लम्साल,यूएसएडको वास– फिन कार्यक्रमका विज्ञ दिपक केसी  र नगरपालिकाको कार्यपालिका सदस्य विनिता देवकोटाले टिमका सहभागी सदस्य हुन ।


फोहोरलाई मोहर वनाई रहेको शहर पोखराको स्थलगत भ्रमणमा पुगेको प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले वताए ।उनका अनुसार स्थलगत भ्रमणमा निस्केको टोलीले देशकै नमुना शहर पोखराको मोडल फोहर व्यबस्थापन गर्ने गुलरिया नगरपालिकामा लागु गर्ने लक्ष्य लिएको छ । प्रशासकिय अधिकृत न्यौपानेको नेतृत्वमा निस्केको टोलीले देशकै नमुना उर्जा कम्पनीहरुको अनुगमन गरिरहेको छ । पुस ५ गते गुलरिया नगरपालिकावाट भ्रमण निस्केको टोलीले गण्डकी उर्जा र महानगरपालिकाको ल्यान्डपिल्ड साईडको सकारात्मक पक्ष अध्यन गरेको छ । गण्डकि उर्जा कम्पनी फोहोर मैला व्यबस्थापनवाट ग्यास उत्पादन र आर्गनिक मल उत्पादन गरेको फेला परेको छ ।नगपालिकाले उचित तरिकाले फोहोर व्यबस्थापन गर्न सके लाखौको राजश्व उठ्ने सम्भावना देखिएको छ । गण्डकि उर्जा कम्पनीको सिओ असिम कायस्थले कम्पनिले फोहोर व्यबस्थापन गर्ने सिएसटिआर प्रबिधिवारे गुलरिया नगरपालिकाको टोलीलाई जानकारी गराएका थिए ।यस्तै पोखरा महानगरपालिकाका नेत्र तिमिल्सेनाले फोहोर व्यबस्थानवाट आन्तरिक राजश्व कसरी उठिरहेको गुलरिया नगरपालिकाका टोलीलाई जानकारी गराएका छन् ।

फोहोर व्यबस्थापन गर्नका लागि गुलरिया नगरपालिकाले लाखौ रुपैया आम्दानी गर्ने एक अध्यनले देखाएको छ । अध्यनले कुखुराको मल,गाई भैसीको गोव्वर ,स्याफटि ट्याङकि निकालेको फोहरले वार्षीक लाखौ रुपैया आम्दानी हुने अध्यनले पुष्टि गरेको छ । यूएसएडको वास– फिनले गरेको अध्यनवाट गुलरिया नगरपालिका फोहोर व्यबस्थापनमा सम्भावित देखिएको थियो । वासले नगरपालिकाको उर्सजन गरेको फोहोरलाई व्यबस्थापन गर्नका लागि यसअघि वेसलाईन सर्भे गरिसकेको थियो । वेसलाईन सर्भेको आधारमा नगरपालिकाले फोहर मैला व्यबस्थापनको निर्देशिका,रणनितिक योजनाका अख्तियार गरिसकेको छ ।
ल्यान्डफिल्ड साईडको आम्दानी र बजार सफा राख्न गरेको प्रयासको वारेमा अन्तरक्रिया गुलरिया नगरपालिकाको टोली सक्रिय सहभागिता रहेको छ । नयाँ उपकरणका वारेमा जानकारी लिने र हामीसँग ल्यान्डफिल्डमा साईडमा जडान भएका उपकरण जानकारी दिने काम भईरहेको वरिष्ठ अधिकृत मुकुन्द अर्यालले वताए ।‘पोखरा शहरका विभिन्न ठाउँमा गरेको भ्रमण वाट फोहोर मोहर वनाउँन सकिने आत्म विश्वास बढेको छ’उनले भने,‘फोहोर मुक्त र नगरपालिका आम्दानी बढाउँन फोहोर व्यबस्थापन सहयोगी हुने देखिएको छ ।’पाँच दिनको समय निकालेर भ्रमण निस्केको टोली अध्यन सकिएपछि गुलरिया फर्किनेछ ।

फोटोक्याप्सनः पोखरा महानगरपालिकाको ल्यान्डफिल्ड साईड र गण्डकि उर्जा कम्पनी स्थलगत अनुगमन गर्दे भ्रमण टोलीका सदस्य र यूएसएडको वास– फिन कार्यक्रमका विज्ञ दिपक केसी ।

139 Views
%d bloggers like this: