५ माघ २०८०, शुक्रबार

ताजा खबर

विद्यालय भवन उद्धघाटन तथा हस्तान्तरण सम्पन्न

   ३० माघ २०७७, शुक्रबार १५:३२ प्रकाशित

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ३, र्मिचैया गाउँ स्थित रहेको हिमालय आधारभुत बिद्यालयमा नवनिर्मित तिन कोठे भवनको एक समारोहका बिच उद्धघाटन एवं हस्तान्तरण कार्य सम्पन्न गरिएको छ ।

बिद्याालय ब्यवस्थापन समितीका अध्यक्ष राम कुमार थारुको सभाध्यक्षतामा भएको उक्त समारोहमा प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय प्रदेश नं ६ सुर्खेत, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी र ठाकुरबाबा नगरपालिकाको समन्वयमा निर्माण भएको ३ कोठे भवनको उद्धघाटन एवं हस्तान्तरण उद्योग बाणिज्य तथा आपुर्ती राज्य मन्त्रि माननिय बिमला बि.क.द्धारा गरिएको हो ।

सो समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै उद्योग बाणिज्य तथा आपुर्ती राज्य मन्त्री माननिय बिमला बिकले गुणस्तरिय शिक्षा आजको आवश्यकता रहेको बताउनु भयो । उहाँले गुणस्तरिय शिक्षाका लागि राज्य लागिपरेको जानकारी गराउँदै ठाकुरबाबा नगरपालिकाले बालबालिकाको शौक्षिक गुणस्तर बृद्धिका लागी योजनाका साथ अगाडी बढेको र यस कार्यका लागी नेपाल सरकार हातेमालो गर्न तयार रहेको बताउनु भयो । सो बिद्यालयको लागी बालमैत्री र सुरक्षित भवन निर्माण गर्ने कार्यमा सहयोग गर्ने प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेलाई समेत उहाँले धन्यबाद ब्यतm गर्नुभएको थियो ।

आजको बालबालिका भोलि देशका कर्णधार हुन भन्दै, जग बलियो भएको खण्डमा मात्र बालबालिकाको सिकाइ उच्चस्तर बृद्धि हुने भएका कारण भवन निर्माण तथा उद्धघाटन र हस्तान्तरण मात्र यसको मुल मर्म नभई बालबालिकाको शैक्षिक बिकासको मुख्य ध्येय रहने भएकाले उक्त भवनमा लैगिक मैत्री बालमैत्री कक्षा शिक्षण भई बालबालिकाको शिकाइमा प्रभाव पर्ने अपेक्षा गरिएको प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय सुर्खेतको प्रबन्धक मिना पराजुलीले बताउनु भयो ।

प्रबन्धक पराजुलीका अनुसार प्लान इन्टरनेशनल नेपालले बिगत लामो समय देखि ठाकुरवावा नगरपालिकाका बिभिन्न वडामा बिपन्न समुदायका बालबालिकाहरुका लागी बिभिन्न परियोजना मार्फत काम गरिरहेको छ ।

यसै गरी ठाकुरबाबा नगरपालिकाले शिक्षाको क्षेत्रलाई मुख्य बिषयका रुपमा राखी बिगत लामो समयदेखि स्याक नेपाल बाँके र प्लान इन्टरनेशनल संग साझेदारी तथा समन्वय गर्दै विभिन्न कामहरु अगाडी बढाएको कुरा ठाकुराबाबा नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामहरी रिजालले बताउनु भयो ।

प्लान इन्टरनेशनल नेपालका एलिजाबेद सातोवले संस्थाले लिएको लक्ष र यसको महत्वका बारेमा बताउदै प्लान इन्टरनेशनल नेपाल बालबालिका मुखि संस्था भएको बिद्यालय तहमा मुख्य बालबालिकाको सिकाइ उनीहरुको व्यबहारमा परिर्वतन गर्न आबश्यक देखिने र यस कार्यमा बिद्यालय परिवार, अभिभाबकको महत्वपुर्ण भुमिका रहने मा बिस्वस्त रहेको बताउनु भयो ।

प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेले निर्माण गरेको भवनको लागत खर्चहरु प्रस्तुत गर्दै सम्झौता अबधि १ फेवरोरी २०२० देखि ३१ जनवरी २०२१ सम्म रहेको र सोही अबधिमा निमार्ण भएको भवनको ठेकेदार कम्पनी जय गुरुदेव कन्ट्रक्सनसंग ३ कोठे भवन निर्माण वाफत ठेक्का ३७ लाख ८१ हजार ५ सय ८१ रुपैयाँ ७९ पैसा, शौचालय मर्मत तथा तारजाली निर्माण बाफत २ लाख ६३ हजार २ सय ८० रुपैयाँ २६ पैसा, कक्षा कोठा ब्यबस्थापनका लागि सामाग्री सहयोग २ लाख ९० हजार, बाहिरी तथा भित्र खेल सामाग्री, दराज र ह्वाइट बोड खरिद ३ लाख ७६ हजार २ सय ९४ रुपैयाँ ३९ पैसा गरी कुल लागत ४७ लाख ११ हजार १ सय ५६ रुपैयाँ ४४ पैसामा गरणस्तरिय र बालमैत्री भवन निर्माण भएको भवन सम्रक्षण गर्ने कार्य अब समुदायको जिम्मेवारी रहेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले बताउनु भयो ।

भवन उद्धघाटन तथा हस्तान्तरण कार्यक्रममा पाल्नुहुने पाहुनाहरुमा कोरानो भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुनपानीले हात धुने योजनाका साथ कार्यक्रम संचालन गरिएको परियोजनाका सिनियर कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी गराउनुभयो ।

भवन उद्धघाटन तथा हस्तान्तरण कार्यक्रममा बिगत लामो समय देखि योगदान गर्ने संस्थापक सदस्यहरु, सहयोगी सस्थाका रुपमा सेवा तथा सहयोग गर्ने प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँके, सामुदायिक बन र भवन निर्माणका क्रममा अहोरात्र खटिने परियोजना कर्मचारिहरुलाई सम्मान तथा प्रसंशा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा ठाकुरवावा नगरपालिकाका जनप्रतिनिधि, वडाका वडाअध्यक्ष, ठाकुरवावा नगरपालिका अन्र्तगतका छिमेकी बिद्यालयका प्र.अ, समाजसेवी, बुद्धिजिबी, बडघर अगुवा, अभिभावक र बिद्यार्थी लगायतको सहभागीता रहको थियो भने कार्यक्रम संचालन शिक्षक चुडामणी शर्मा अर्यालले गर्नुभएको थियो ।

184 Views
%d bloggers like this: