१३ माघ २०८०, शनिबार

ताजा खबर

बारबर्दियामा भु सेवा केन्द्र सञ्चालनमा

   ११ श्रावण २०७८, सोमबार ११:३६ प्रकाशित

बर्दियामा भूमि सम्बन्धी काम गर्नका लागि मालपोत कार्यालय अन्र्तगतको बारबर्दिया नगरपालिकामा भू सेवा केन्द्र संचालनमा आएको छ । बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु कबिर र नगरउपप्रमुख अञ्जु दहितले एकसाथै सेवा कार्यालयको उट्घाद्घाटन गर्नु भएको हो ।

बारबर्दियाबासीले भूमि सम्बन्धी कामका लागि निरन्तर गुलरिया जानु पर्ने बाध्यता तरेको बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु कविरले बताउनु भएको छ । बारबर्दियाबाट भूमि सम्बन्धी कामका लागि गुलरिया गएर यातायात खर्च, खाजा खर्च र काम कहिले सकिन्छ भन्नु कुनै सुनिश्तिता नरहेको बेलामा आफ्नो पालिकामै भूमि सम्बन्धी काम गर्न सकिने कुरा बताउनु भएको छ ।

बारबर्दिया नगरपालिकाका नगर उपप्रमुखअञ्जु दहितले मालपोत कार्यालयमा जादा बिचौलियाको मारमा परेका जनताहरुले आफ्नै नगरमा सहज रुपमा सेवा पाउनु खुसिको कुरा रहेको बताउनु भएको छ ।

बारबर्दियाबासीलाई भूमि सम्बन्धी काम गर्न सहज गराउनका लागि कार्यालय स्थापना गरेको र अब वडा देखि बस्ती स्तरसम्म सेवा बारे सुचना पुर्याउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

कार्यक्रममा मालपोत कार्यालय बर्दियाका प्रमुख भिमबहादुर केसीले पालिका स्तरमा भू सेवा केन्द्रले सर्वसुलब र छितोछरितो रुपमा काम गर्ने बताउनु भएको छ । अंश बन्द र कित्ताकाटको काम बाहेक सबै काम दुई घन्टामै गर्न सकिने बताउनु भएको छ ।

पहिले अंश बन्द र कित्ताकाटका लागि मात्र दुई दिन देखि तीन दिन सम्म लाग्ने कुरा बताउनु भएको छ ।

नेपाल सरकारले महिनौ लाग्ने कामहरुलाई छितोछरितो गर्नका लागि भू सेवा केन्द्र पालिका स्तरमा संचालन गर्नका लागि भूसेवा संचालन सम्बन्धी निर्देशिका जारी गरेको बताउनु भएको छ ।

सोही अनुसार आज बारबर्दियामा कार्यालयको उट्घाटन गरिएको कुरा मालपोत प्रमुख केसीले जानकारीक गराउनु भयो ।

170 Views
%d bloggers like this: