९ आश्विन २०७८, शनिबार

ताजा खबर

बाघ को भाग्य

   १४ श्रावण २०७८, बिहीबार १४:३४ प्रकाशित

भाग्य र कर्म दुई शब्दहरु एकअर्काका परिपुरक साथी जस्तो लाग्छ, धेरै जसको मुखबाट सुनिन्छ , भाग्य राम्रो छ भने जे गरे पनि सफलता पाइन्छ, भन्ने सोच आज पनि हाम्रो समाजमा व्यक्त नै छ। कर्मलाई भन्दा भाग्यलाई बढी विश्वास गर्ने समाज, आज आफ्नै कर्म कारणले यहाँ रहेको जैविक विविधता वन्यजन्तु हरु बिस्तारै लोप हुने अवस्थामा पुगेका छन्। खैँर यो भाग्य र कर्मलाई कुनै दिन् चर्चा गरौला।।।। आज मैले बाघ को भाग्य कस्तो छ भनेर आज बाघको हातमा रहेका रेसा हरुको अध्ययन गर्ने अनुमति चाहन्छु। र बाघको भाग्य पनि मानव कर्ममै निहित रहेकोले मानव र बाघको सम्बन्ध एकदमै निकट मानिन्छ। तर बिडम्बना अर्काको जीवनको भाग्य पनि हामीले नै लेखिनुपर्ने, हामीले गर्ने क्रियाकलापले उसको भाग्य रेखा निर्धारण गर्छ, उ धेरै बाँच्ने वा कम बाँच्ने कुराको निर्धारण पनि हामी मानव सभ्यताको कर्मले निर्धारण गर्छ, तर यहाँका वन्यजन्तु, यहाँको पारिस्थितिक प्रणाली सबै कुरा हामीले गर्ने कर्ममा बाँच्न बाध्य छन् । आज बाघले आफ्नो अस्तित्व जोगाइ राख्नको लागि मानव समाजसँग भिख मागिरहेको छ। तर हामीले भिख को नाममा उसलाई बिष सेवन गराई राखेका छौं। दिनप्रतिदिन ह्रास हुँदै गइरहेको यहाँका वन्यजन्तु, पारिस्थितिक प्रणाली, यहाँका प्राकृतिक वासस्थान, ले पनी के देखाइ रहेको छ भने, धेरै नै छिटो बाघले यो पृथ्वी छोडेर जान्छ जस्तो देखिन्छ। हजुरहरुलाई मैले बाघको इतिहास को बारेमा सम्झाउने अनुमति मागें।।।

बाघ को उत्पति हजारौं वर्ष अगाडी उत्तरी युरेसियामा बाघको उत्पत्ति भएको धेरै अध्ययनहरुले देखाउँछ, त्यसपछि बाघहरू बिस्तारै दक्षिणतर्फ बढेको भन्ने अनुसन्धान छ।। तर हालसालैको अध्ययनले भने बाघ चिनमा उत्पति भई बिस्तारै अरु क्षेत्रमा फैलिएको पनि देखाएको छ। इतिहासमा रहेका बाघका क्षेत्रहरु, हाल ती क्षेत्रहरु संकुचित ठाउँमा खुम्चिन पुगेका छन्। हजारौं वर्ष पहिला धेरैजसो जंगलहरुमा बाघ हरूको वासस्थान थियो भने जसरी उत्तरमा रुस, दक्षिणमा indonesia bali,‌ पश्चिममा turkey सम्म बाघ रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाउँछ। आजभन्दा दुईसय वर्ष पहिला भारत, नेपाल, भुटान, बंगलादेश लगायत विश्वको विभिन्न देश गरी करिब एकलाख संख्यामा बाघ रहेको पनि देखाउँछ, अब कुरा अनुमान लगाउन गाह्रो नहोला जसरी त्यो संख्यामा रहेका बाघहरु दिनप्रतिदिन घटिरहेका छन्, आज लगभग विश्वमा ४ हजारको हाराहारीमा बाघहरु रहेका छन् । यसले पनि हामीलाई प्रष्ट पार्छ कि हाम्रो संरक्षण policy कुन गतिमा गइरहेको छ भन्ने कुरा। यसरी बाघहरु कमी हुनुमा दिनप्रतिदिन यहाँको जैविक विविधतामा ह्रास आउनुको साथै चोरीशिकारी नै देखिन्छ, २००वर्षको मात्र अध्ययन गर्ने हो भने ८३ प्रतिशत बाट घटेर आज ७ प्रतिशत मा सीमित भएको छ। २०१५ मा गरेको एउटा अनुसन्धानले बाघको बासस्थान 2006 देखि 2014 सम्म मात्र लगभग ४२ प्रतिशतले घटेको देखाउँछ, यसरी आएको गिरावटले के हामीले यो प्राणीलाई संरक्षण गर्न सक्छौं त यहाँ धेरै प्रश्न उब्जिन्छ?? कसरी हामीले यस प्राणीको भाग्य निर्धारण गर्न सक्छौं?? के साच्चिकै अर्को पुस्ताले जंगली बाघ देख्न पाउँछन् त? यि सब प्रश्नभित्र अड्किएका छन् उत्तरहरु ??

तल नक्साबाट पनि प्रष्ट हुन्छ कि बाघको बासस्थान र बाघ को संख्या इतिहास र अहिले कति घट्यो भन्ने ??, इतिहासमा बाघहरु पहेलो रंगले पोतिएको ठाउँहरुमा बाघ पाइन्थ्यो तर आज हरियोले कोरेको ठाउँमा मात्रै बाघको उपस्थिति छ।

बाघ उपप्रजातिहरु

विश्वमा ९ उपप्रजातिका बाघहरु पाइन्छन्। नौ उपप्रजातिका बाघहरु मध्ये चार उपप्रजाति बाघ लोप भइसकेका छन्, र जम्मा पाँच उपप्रजातिहरु अस्तित्वमा रहेका छन्,
अस्तित्वमा रहेका बाघहरू जस्तै, साइबेरियालि बाघ अथवा अमुर बाघ यो बाघ रुस र चीनमा पाइन्छ, यसको अनुमानित संख्या 540 रहेको छ, indo-chinese बाघ ,यो बाघ विशेषगरी चीन,थाइल्याण्ड, कम्बोडिया ,लाओस ,म्यान्मार र भियतनाम पाइन्छ, यसको अनुमानित संख्या 350 रहेको छ। अर्को पाटे बाघ यसको अनुमानित संख्या 3500 र यो बाघ नेपाल,भारत,बङ्गलादेश, भुटान र म्यानमारमा पाइन्छ। अर्को मालाया बाघ यो उपप्रजाति को बाघ मलेसिया, थाइल्याण्ड, मा पाइन्छ यसको अनुमानित संख्या 350 रहेको छ, र सुमात्रालि बाघ, इन्डोनेसियाको सुमात्रामा पाइन्छ यसको अनुमानित संख्या 300 रहेको छ।
लोप भइसकेका बाघहरूमा, साउथ चाइना बाघ, जाभा बाघ, बाली बाघ र caspian बाघ रहेका छन्, मानव समाजको कर्मले गर्दा हामीबाट चार उपप्रजातिका बाघहरु सधैंका लागि विलय बनेका छन्। हाम्रो पृथ्वी भएका यि गहनालाई हामी यो स्थितिमा पुराएका छौं यसले पक्कै पनि हामीलाई मानव नभइ दानव रुपमा चित्रण गरिरहेको छ।

नेपालमा धेरै नै बाघ रहेको इतिहासले देखाउँछ, क्रमश यो संख्या घटिरहेको अवस्थामा छ, बाघको बासस्थान खुम्चिँदै जानुमा हामी मानवहरु प्राकृतिक सम्पदाहरूको न्यायोचित उपभोग गर्न नसक्नु नै हो, यसरी दिन प्रतिदिन घट्दै गइरहेका हाम्रा बन जंगल र खुम्चिँदै गएका बाघका प्राकृतिक बाटाहरु ले बाघ संरक्षणमा अझ बढी चुनौती थपिएका छन्।

बाघलाई किन बचाउने???

बाघ महत्वपूर्ण प्राणी हो। जसले स्वस्थ पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका खेल्छ, यो एक शिर्ष शिकारी हो , जुन खाद्य श्रृंखला् मा शीर्ष स्थानमा छ। यसले ungulates को जनसङ्ख्यालाई आफ्नो नियन्त्रणमा राख्छ। जसले गर्दा शाहाकारि जडिबुटीहरु र तिनको खानपान गर्ने वनस्पतिहरु बीच सन्तुलन काम गर्छ। त्यसकारण जंगलमा बाघहरु को उपस्थितीले त्यहाँको पारिस्थितिक प्रणालीलाई फाइदा पूराउँछ । यदि बाघहरु लोप हुँदै जाने हो भने त्यहाँको पारिस्थितिक प्रणाली सुरक्षित हुनेछैन, न त त्यहाँको पारिस्थितिक प्रणाली लामो समयसम्म टिक्न सक्छ। यदि बाघ लोभ भए भने प्रणाली नै ध्वस्त हुनेछ। त्यसैले यो केवल सुन्दर जनावर मात्र होइन, यसको पृथ्वीमा उपस्थितिले हामीलाई स्वस्थ वातावरण, पानी, तापमान नियमन, आदि जस्ता पर्यावरणीय सेवाहरु प्रदान गरिरहेको छ।

के गर्न सकिन्छ त???

जसरी दिनप्रतिदिन मानव वन्यजन्तु द्वन्द्व ले मानवमा जसरी बाघ को बारेमा नकारात्मक सूचना भएको छ त्यसलाई जसरी भएपनि हटाउनुपर्छ, विभिन्न कार्यक्रमको माध्यमबाट, नकारात्मक सन्देशलाई हामीले सकारात्मकतामा छिटोभन्दा छिटो ढाल्ने पर्छ। यदि यसो गरिएन भने भोलिका दिनमा पछुताउनुभन्दा बाँकी हुनेछैनन्, हाम्रो कर्मबाट उसको भाग्य निर्धारण हुन्छ भने किन पछि पर्ने, त्यसैले आउनुस उसको भाग्यसँग हाम्रो कर्म जोडिएको छ त्यसैले हाम्रो कर्महरु वातावरण मैत्री बनाउनु पर्छ, जसले हामीलाई धेरै नै सहयोग पुर्याउनेछ।
जुन स्तरमा समुदाय र संरक्षणसम्बन्धी क्रियाकलाप हुनुपर्थ्यो त्यो त्यति भएको देखिँदैन सरकारीस्तरबाट सामान्य मानिसलाई पनि संरक्षणमा जोड्न सकिएन भने कसरी संरक्षण हुन्छ?? विभिन्न संरक्षण क्षेत्रको ओरिपरी बस्ने प्रत्येक मानिसमा संरक्षणको माया जगाउनुपर्छ, जनावर यहाँको बन जंगल लाई हेर्ने सोचलाई परिवर्तन गर्नुपर्छ। जसरी आम मानिसमा पैदा भएको डरलाई माया अथवा प्रेमको धागोले बाँध्नुपर्छ, जसरी हामीले मध्यवर्ती व्यवस्थापन समितिलाई क्रियाशील बनाउन सक्छौं त्यति नै संरक्षणले नयाँ रुप धारणा गर्छ, मध्यवर्ती व्यवस्थापन समिति केवल 30/40 प्रतिशत निकुञ्जको आम्दानी आउँछ भन्ने मै व्यस्त भएको देखिन्छ, यस व्यवस्थापन समितिका सञ्जाल प्रत्येक गाउँमा भएको हुँदा संरक्षण को काम गर्न पनि सजिलो, स्थानीयवासीमा पनि आफ्नोपन आउने भएकोले जतिसक्दो चाँडो यस समितिलाई केवल राहात समिति भन्दा माथि उठाएर संरक्षण कार्यक्रममा सहभागी गराइयो भने पक्कैपनि संरक्षणमा अर्को नयाँ कोसेढुङ्गा हुने देखिन्छ। समिति जति उर्जाशिल हुँदै जानेछ त्यसलको फाइदा स्थानीय समुदायलाई हुनेछ।
जति संरक्षण र वन्यजन्तुहरु को अध्यन अनुसन्धान हुनुपर्ने हो , त्यति भएको देखिँदैन। जसको कारण हामीसँग के के छ भन्ने कुरा पनि अन्योलमै छ। हामीले संरक्षण संरक्षण त भन्यौ तर संरक्षणमा लाग्ने समुदायलाई हामीले कहिले पनि चिन्न सकेनै, कार्यक्रम तालिम आए पनि आफ्नो अनुकुलता मान्छेहरुलाई दियौं जसले गर्दा तमाम यूवाहरु पलायन को स्थितिमा छन्। हाम्रा निकुञ्जहरु मा जनावर वृद्धि भए,तर हामीले निकुञ्जको carrying capacity कति छ भन्नेमा भन्नेबारे अध्ययन हुन सकेन। बाघ त बढाइयो तर कति वटा बाघ हाम्रो क्षेत्रमा बस्न सक्छन् भन्ने कुराको अध्ययन भएन, जसले गर्दा दीर्घकालमा अझ बढी मानव वन्यजन्तु द्वन्द्व बृद्धि हुने देखिन्छ, हाम्रा निकुञ्जमा खाना, पानी, सुरक्षित बासस्थान को लागि जति हामीले प्रयत्न गर्नु पर्थ्यो त्यो गरेको देखिँदैन। carring capacity को अध्ययन पनि विदेशी आएर गरिदिनुपर्ने हो?? हुन त सबै अध्ययन-अनुसन्धान विदेशी आएर गर्दिन्छन् अनि तिनिले लेखेका किताब सारेर अगाडि PhD झुन्डाउने संरक्षणविद्को कमी छैन मेरो देशमा। वन्यजन्तु यहाँको वातावरण सम्बन्धी केही पढ्नु पर्यो भने कि त भारतीय लेखकका किताबहरू पाइन्छन्, कि बिदेशिले लेखेका किताबहरू पढ्नुपर्छ कस्तो दुर्भाग्य?? नेपालमा यिनि जनावर पाइन्छन् भनेर पनि विदेशीले भन्नुपर्ने कस्तो दुर्भाग्य हाम्रो।। जब बौद्धिक समाज संरक्षणमा खुलेर लाग्दैन तबसम्म यस्तै हो।
के हाम्रा समुदाय बन जनावरको लागि सुरक्षित छन्? के हाम्रा जैविक मार्गहरु सुरक्षित र व्यवस्थित छन्? यी प्रश्नको उत्तर कसले दिने मलाई?? समुदाय बन सुरक्षित छैन भने प्रमाण कैलालीमा मारिएको बाद्य बाट पनि पुष्टि हुन्छ। आज जनावरहरू विभिन्न वहानामा विभिन्न ठाउँमा देखापरेका घटनाहरु पनि सर्वविदितै छ, केही हप्ता अगाडि सुर्खेत र baddichaur को जङगलमा बाघ देखेको फोटो सामाजिक सञ्जालमा भाइरल भयो।। के त्यो बाघ त्यहा सुरक्षित छ त?? हामीले संरक्षण निकुञ्ज वा संरक्षित क्षेत्र भित्र गर्ने हो कि बाहिर पनि? संरक्षित क्षेत्र बाहिर का बनलाई पनि एकदम निगरानीमा राख्नु जरुरी देखिन्छ। हामीले एउटा बन देखि अर्को बन जाने जैविक मार्ग हरु को उचित संरक्षणमा ध्यान दिनु जरुरी देखिन्छ। जसले गर्दा निकुञ्जभित्र बढी भएका जनावरहरू आफ्नो बासस्थानको खोजीमा अर्को बन जान सकुन।।
कसैलाई लागेको होला राष्ट्रिय निकुञ्ज मेरो पेवा हो वा सम्पत्ती हो भनेर यो भ्रमबाट माथि उठ्दा नै राम्रो हुन्छ, यो तीन करोड नेपालीको साझा सम्पति हो। जति हक कंचनपुरमा बस्नेलाई लाग्छ त्यतीनै हक बर्दिया या चितवनमा बस्नेलाई पनि हुन्छ, जति कर्तव्य चितवन र बर्दिया बासीलाई हुन्छ, काठमाडौँ र झापामा बस्नेलाई पनि हुनुपर्छ। एउटा बाघ मर्दा बर्दियाको मुटु छुन्छ भने जुम्ला मा बस्ने को मुटु पनि छुनुपर्छ। यदि यो साझा सम्पति हो भने।। हाम्रो साझा दायित्व पनि होइन र???
हामी बाहिर जादा जसरी छाती ठूलो पारेर bardiya भनेर आफ्नो परिचय गराउँछम् , बाघ हाम्रो सान हो भन्छौं, तर हाम्रो व्यवहार, यही संरक्षणका लागि एक शब्द पनि बोल्दैनौ,
खै स्थानीय सरकार? खै वडा कार्यालयहरु? तपाईंका प्रत्येक वर्षमा आउने बजेटमा खै संरक्षणका कार्यक्रमहरु?? के संरक्षण निकुञ्जका कर्मचारीको मात्र हो?? के कर्मचारीले मात्र संरक्षण गर्न सक्छन्? खोइ निकुञ्जलाई पर्दा बोलेको? खै बाद्य मर्दा बोलेको? खै जनता लाई समस्या पर्दा बोलेको? फाइदा चाहिँ निकुञ्जबाट लिनी अनि जनता रिसाउँछन् भनेर केही नबोल्ने।।।एक वर्षसम्म कुम्भकर्ण झैँ सुत्ने, जब कार्यक्रम, दिवस, तालिम अाउँछन् अनि संरक्षण- संरक्षण भनेर फलाक्ने प्रवृत्तिको अन्त्य हुनु जरुरी देखिन्छ। यदि संरक्षण हाम्रो लागि अनिवार्य हो भने किन डराउने आउनुहोस् वर्षैभरि संरक्षणका कुरा गरौं।।
बाघ संरक्षणमा यहाँको स्थानीय सरकार तथा निकुञ्ज बिच सुमधुर सम्बन्ध निर्माण हुनु एकदम अपरिहार्य छ यदि हामी यसो गर्यो भने बाद्यको भाग्य रेखा कोर्न सक्छौं। यी त प्रतिनिधि समस्या मात्र हुन् यदि हामीले साच्चिकै बाघ संरक्षण गर्ने भने भित्र लागेका सबै धमिराहरु हटाउनुपर्छ।
आउनुहोस यो काम धेरै गाह्रो छैन, गाह्रो भए पनि सजिलो तरिकाले संरक्षणमा हातेमालो गरौं।। हाम्रो कर्मबाट उसको भाग्य निर्धारण गरौ।
सबैलाई बनमाताले रक्षा गरुन। बाघ दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना।।।।।
भवानी कडेंल
नेचर गाइड
बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारा बर्दिया
(Data source from pathya bag by hemsager baral)

158 Views
%d bloggers like this: