१४ माघ २०८०, आईतवार

ताजा खबर

समस्यामा परेकाहरुको उद्धारमा लागीपरेको छु–अभियन्ता रिजाल

   २० आश्विन २०७८, बुधबार ०७:५९ प्रकाशित

बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ निवासी सामाजिक अभियन्ता ज्ञानुमाया रिजालले समस्यामा परेका व्यक्तिहरुको उद्धार गर्न आपूm लागीपरेको बताउनु भएको छ ।
समाजमा भएका तथा समाजमा हुने गरेका विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध आपूmले सानै देखि आवाज उठाउने गरेको स्मरण गर्दै अहिलेको सन्दर्भमा गरिब, दुखि, असाय र महिला हकहितका निम्ति कार्य गरिरहेको कुरा अभियन्ता रिजालले बर्दिया न्यूज संवाददाता सँग भन्नुभयो ।
उहाँ भन्नुहुन्छ, अहिलेको समयमा महिला दिदी बहिनीहरु लघुवित्तका कारण निकै समस्यामा पर्ने गरेका छन् । उहाँले लघुवित्त तथा वित्तिय संस्थाहरुले समुह बनाउँदै ऋिण उपलब्ध गराउने र मासिक बैठकमा ऋिण तिर्न नसके पछि घर छाड्न बाध्य भई घर छाडेका उदाहरणहरु धेरै भएको जानकारी गराउनु भयो ।
यस विषयमा सरकार र लघुवित्त दुवै दोषी भएको अभियन्ता रिजालको भनाई छ । सरकारले लघुवित्तहरुलाई मर्ज गर्न नसक्नु दोष हो भने लघुवित्तहरु कुनै पनि गाउँटोलमा कतिवटा लघुवित्तहरु पसी समुह गठन गरिसकेका छन् भन्ने यकिन नगरी ऋिण उपलब्ध गराउनु गल्ती भएको कुरा उहाँले प्रष्ट पार्नु भयो ।
अभियन्ता रिजालले भन्नुभयो, एउटा टोलमा ८÷१० वटा लघुवित्तले समुह गठन गरी ऋिण दिएका छन्, अनि हामी महिला दिदी बहिनीहरु पहिला नै समस्यामा हुन्छौं पैसा देखेपछि सानो भएपनि समस्या समाधान गर्न केही नसोची ऋिण लिन्छौ र भोलि किस्ता तिर्न नसकेपछि झन ठुलो समस्यामा पर्छौ । किस्ता तिर्न नसके पछि कोही घर छोडी भागेका छन्, कतिको घरझगडाले घरबार नै विग्रिएको छ र कतिले आत्महत्या पनि गरेको पाईएको छ । यस किसिमको समस्या समाधान गर्न सरकार, लघुवित्त, आम नागरिक र सरोकारवाला सबै सचेत भई लाग्नु पर्ने देखिन्छ ।
बर्दिया न्यूज सँगको कुराकानीमा उहाँले हाम्रो समाजमा विभिन्न संघसंस्थाबाट ऋिण उपभोग गरी समस्यामा परिरहेका महिला दिदीबहीनीहरुलाई ऋिण किस्ता देखि आत्तिएर घर छोडी नगई समस्याको समाधान गर्न आग्रह समेत गर्नु भयो ।
उहाँले कोरोना महामारीमा गरिब र विपन्न परिवारलाई आपूmहरुले परिवारको अवस्था हेरि आर्थिक, खाद्यान्न, माक्स, सेनीटाईजर र साबुन लगायतका सामाग्रीहरु वितरण गरको कुरा पनि बताउनु भयो ।

446 Views
%d bloggers like this: