१७ माघ २०८०, बुधबार

ताजा खबर

आप्रवासन सम्बन्धि कार्यमा गरिएका अध्ययनका विषयमा अन्तरक्रिया

   २० फाल्गुन २०७८, शुक्रबार १४:५९ प्रकाशित

बर्दिया, जिल्लाको गुलरिया नगरपालिका अन्र्तगत रहेको कृष्णसार रिर्साेटमा स्थानीय स्तरमा आप्रवासन सम्बन्धि कार्यमा गरिएका अध्ययनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आमकास नेपालको आयोजना आमकास बर्दियाको समन्वय र युएसआईडी, वीनरक इन्टरनेशनल, युकेआईडीको सहयोगमा भएको सो कार्यक्रममा आमकास नेपालको परिकल्पना, ध्येय, उद्देश्य, रणनीतिक लक्ष्य र आमकासका कार्यक्रमहरु लगायतका बारेमा आमकास नेपालका कार्यकारी निर्देशक विजया कुमारी राई श्रेष्ठले प्रष्ट पार्नु भएको थियो ।

उक्त कार्यक्रममा सभाध्यक्षताको आसन बाट बोल्नुहुँदै गुलरिया न.पा. उप–प्रमुख शुसिला गिरीले बैदेशिक रोजगारीमा जाने सम्पूर्ण महिलाहरुको तथ्यांक राख्नु पर्ने बताउनु भयो । उहाँले बैदेशिक रोजगारमा जाने महिलाहरुका लागि छिट्टै जिल्ला प्रशासन कार्यालयमा हेल्पडेस्क राखिने बताउँदै बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई हेर्ने दृष्टिको पनि फरक हुने भएकाले यस किसिमका समस्यालाई रोक्न सरकारले सुरक्षित बैदेशिक रोजगारीको योजना बनाउनु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा आमकास बर्दियाको अध्यक्ष संगिता महतराले आमकासको व्याख्या गर्दै आमकास भनेको आप्रवासी महिला कामदारहरुको समुह भएको प्रष्ट पार्नु भयो । जिल्ला बाट बैदेशिक रोजगारीमा जानु भएका महिलाहरु विभिन्न किसिमका थुप्रै समस्यामा पर्ने भएकाले उनीहरुको समस्या समाधान होस भन्ने उद्देश्यले आमकास बर्दियाको स्थापना गरेको अध्यक्ष महतराले बताउनु भयो ।

यसै गरी गुलरिया न.पा.का सुचना अधिकारी मुकुन्द अर्याल, गुलरिया न.पा.वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रावल, माईती नेपालकी गायत्री रिमालले बैदेशिक रोजगारमा जाने महिलाहरुलाई जिल्लामा नै सिप विकास, भाषा र रहन सहन लगायतका विषयमा तालिमको व्यवस्था मिलाउनु पर्ने धारणा ब्यक्र्त गर्नु भएको थियो ।

आमकास नेपालका कार्यक्रम संयोजक प्रकृति कार्कीले संचालन गरेको उक्त कार्यक्रममा गुलरिया न.पा.वडा नं. ५ का वडा अध्यक्ष सावित्रा गौतम, गुलरिया न.पा.वडा नं. ७ का वडा अध्यक्ष गिता बस्नेत, विभिन्न सरकारी निकायका प्रतिनिधी, प्रहरी प्रतिनिधी र संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।

137 Views
%d bloggers like this: