९ माघ २०८०, मंगलवार

ताजा खबर

भोलि देखि स्कुल कप क्रिकेट शुरु

   ११ चैत्र २०७८, शुक्रबार १७:२२ प्रकाशित

बर्दिया, जिल्लाको गुलरिया नगरपालिका वडा नं. ४ अन्र्तगत पर्ने बबई बहुमुखी क्याम्पस पछाडी रहेको खेल मैदानमा स्कूल कप क्रिकेट प्रतियोगिता भोलि देखि संचालन हुने भएको छ ।

खेलप्रेमी व्यक्तिहरु र बैंकहरुको आर्थिक सहयोगमा बर्दिया क्रिक्रेट संघ र बर्दिया क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा संचालन हुने सो प्रतियोगिता भोलि चैत्र १२ गते देखि चैत्र १९ गते सम्म संचालनमा रहनेछ ।

उक्त प्रतियोगितामा मकदे मावि गुलरिया, बंगलामुखी मावि गुलरिया, शम्भुशरण मावि खैरापुर, जनज्योति मावि गुलरिया र जिजिएन बोडिङ स्कूल मधुवन गरीे पाँच वटा विद्यालयले सहभागिता जनाएको कु्रा बर्दिया क्रिकेट संघका अध्यक्ष बिनयराज भण्डारीले जानकारी गराउनु भयो ।

अध्यक्ष भण्डारीका अनुसार पाँच वटै स्कूलका टिम बिच खेल हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ३१ हजार र मेडल दोस्रो हुने टिमलाई रु २१ हजार र मेडलले पुरस्कृत गरिने छ । साथै म्यान अफ द म्याच, बेस्ट बलर र बेस्ट ब्याट्स म्यानलाई समेत ५/५ हजार नगद राशिको व्यवस्था गरिएको छ ।

दश वर्षपछि स्कूल कप क्रिकेट प्रतियोगिताको आयोजना गरिएको जानकारी गराउँदै अध्यक्ष भण्डारीले स्कूल लेबलबाट क्रिकेट खेलाडी उत्पादन गरी देश विदेशमा समेत बर्दियालाई क्रिकेट खेलको माध्यमबाट चिनाउने उद्देश्यका साथ सो प्रतियागिताको आयोजना गरिएको बताउनु भयो ।

उहाँले यस किसिमको प्रतियोगिता निरन्तर गरिरहने प्रतिबद्धता गर्दै भविष्यमा बर्दिया क्रिकेट संघले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने दावी गर्नु भयो ।

प्रतियोगितामा जिल्लाका सबै विद्यालयलाई समेट्ने योजना रहेको र विभिन्न कारणले जिल्लाका धेरै विद्यालयलाई सहभागि गराउन नसकेकोमा दुःख प्रकट गर्दै आगामी दिनमा क्रिकेट संघले सबै विद्यालयलाई सहभागि गराई प्रतियोगिता गराउने अध्यक्ष भण्डारीले बताउनु भयो । उहाँले क्रिकेट खेललाई प्रोत्साहन गर्न सवैले आ–आफ्नो तर्फबाट सहयोग गर्न र खेल मैदानमा आई खेलको आनन्द लिन आग्रह गर्नु भयो ।

118 Views
%d bloggers like this: