बैसाख ३० गते हुने स्थानियतहको निर्वाचन हुन ४ दिन बाकी रहदा बर्दियाको बढैयाताल ८ मा दुई ठुला पार्टीले शक्ति प्रदर्शन गरेका छन ।
मतदाता लाई प्रभाबित पार्ने उद्देश्यले उनीहरुले हिजो फरक फरक समयमा वडाका सबै टोल बस्तीमा जनमास सहित शक्ति देखाएका हुन ।
२७ गते मंगलबार राती १२ बजे देखी लागु हुने मौनअबधीको पुर्व सन्सध्यामा दुइ ठुला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेले हिजो मंगलबार एकै दिन ्याली सहित वडा परिक्रममा गरेका पार्टी श्रोतले जनाएको छ ।
बढैयातालको वडा नम्बर ८ लाई बिषेश वडाको रुपमा हेरिने गरेको स्थानिय नागरिक र पार्टीका नेता कार्याकर्ताको भनाई रहेको छ । पाचँदलिय गठबन्धनको तर्फ वाट वडा अध्यक्षको पदमा नेपाली कांग्रेसका युवा उम्मेदवार सुभाष घिमिरे र नेकपा एमालेका तर्फवाट बिभिन्न क्षेत्रमा ख्यातिकमाएका युवा नेता तेजनाथ पौडेल बिच कडा प्रतिशप्रधाहुने दुबै पार्टिले अनुमान गरेका छन ।
वडा अध्यक्षपदका दुबै उम्मेदवार नाताले साला भिना पर्दछन । घिमिरे उद्योगि ब्यबसायी हुन भने पौडेल सामाजिक क्षेत्र लायन्सक्लब , प्याबसन जस्तो सस्थाको नेतृत्व गरि सकेका र शुभकामना एकेडेमीका संचालक समेत हुन । स्थानिय निर्वाचन २०७४ मा वडा नम्बर ८ एमालेका पोल्टामा परेको थियो भने यस पालिको स्थानिय निर्वाचनमा कस्ले बाजी मार्नेहो सबैमा चासोको बिषय बनेको छ ।
दुई ठुला पार्टीको बढैयाताल ८ मा शक्ति प्रदर्शन
106 Views