२१ माघ २०८०, आईतवार

ताजा खबर

बर्दियाको मधुवन २ मा झडप १ को मृत्यु २० जना घाईते

   २४ जेष्ठ २०७९, मंगलवार १४:२९ प्रकाशित

बर्दियाको मधुवन नगरपालिका स्थित ओराली बजारमा प्रहरी र सडक संघर्षमा उत्रिएका समुदायविच झडप हुँदा १ जनाको मृत्यु भएको छ । झडपका क्रममा २० जना घाईते भएका छन् ।

खाता करिडोर क्षेत्र अन्र्तगत बाघको आक्रमण निरन्तर भईरहेको छ । बाघले आक्रमण गरी मानिसको ज्यान लिने र घाईते बनाउने गरेको छ । सम्बन्धि निकायले मानिसको जिउको संरक्षणलाई प्राथमिकता नदिएको आरोप लगाउँदै स्थानीय आक्रोसित बनेका छन् । वन क्षेत्रलाई तारवार गरी मानिसको जिउधन संरक्षण गर्नुपर्ने माग स्थानीयको छ ।

बाघ आक्रमण रोकथाममा सम्बन्धित निकाय मौन रहेको विरोध जनाउदै स्थानीयले सोमबार गुलरिया राजापुर सडकमा प्रदर्शन गरेका छन् । आक्रोसित स्थानीयले ओराली बजार स्थित आगजनी गरी प्रदर्शन गरेपछि सडक अस्तव्यस्त बनेको छ ।

घटना स्थलबाट बर्दिया अस्पताल गुलरियामा आपतकालिन उपचारका लागि ल्याईएका घाईते मध्ये १ जना महिलाको मृत्यु भएको अस्पतालका डाक्टर विश्वनाथ शाहले पुष्टि गरे । मृतकको आफन्तहरु अस्पतालमा नआएका कारण मृतकको नाम जानकारी नभएको डा. शाहले बताए । मृत्युको कारण भने पोष्टमार्टम पछि मात्र भन्न सकिने उनको भनाई छ । घटना स्थल ओराली बजारका स्थानिय विनय गौतमका अनुसार मृतक मधुवन नगरपालिका वडा नम्वर २ निवासी १८ बर्षिया नविना चौधरी रहेको बताएका छन् । उनी १२ कक्षामा अध्ययनरत थिईन् ।
झडपका क्रममा मधुवन २ सोनाहाका २२ बर्षिय राकेश थारु घाईते रहेको गौतमको भनाई छ । सोमवार घरकै बारीमा दाउरा भाँचिरहेको अवस्थामा चितुवाले आक्रमण गरी मधुवन सोनाहाकी ४१ बर्षिया अस्मिता थारु घाईते भएपछि बन्यजन्तुबाट सुरक्षाको मागगर्दै स्थानिय सामुदायिक बनका समुदायहरु सडकमा उत्रिएका थिए । सडक खुलाउने क्रममा प्रहरी र समुदायविच झडप हुँदा घटना घटेको हो । प्रर्दशनकारीहरुले प्रहरीको २ वटा मोटर साईकलमा आगजनी गरेको वुझिएको छ । आक्रामक बाघ स्थानान्तरण गरिनुपर्ने, जंगल क्षेत्रमा तारबार गरिनु पर्ने समुदायलाई सुरक्षा दिईनु पर्ने समुदायको माग छ ।
झडपका क्रममा जनपद प्रहरीका १२ जना र शसस्त्र प्रहरीका ७ जना गरी १९ जना सुरक्षाकर्मीहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक हृदेश सापकोटाले जानकारी दिए । घाईतेको संख्या बढ्न सक्छ । उनले भने भिडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ११ सेल अश्रुग्यास र शसस्त्र प्रहरीले ९ सेल गरी २० सेल अश्रुग्यास प्रहार भएको छ । प्रहरीले १ राउण्ड हवाई फायर गरेको उनले दावी गरे ।
भारतको कर्तनियाघाट बन विहार र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने जैविक मार्ग खातामा बन्यजन्तुहरुको संख्या बृद्धि भएसँगै आक्रमणको क्रम बढेको छ । जेठ १० गते सोही क्षेत्रको जनजागृति सामुदायिक बनमा बाख्रा चराउन गएकी मधुवन नपा वार्ड नम्वर २ निवासी ४७ बर्षिया कौसिला पालको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको छ । बन्यजन्तुको आक्रमण न्युनिकरणगर्दै सुरक्षित संरक्षण हुनुपर्ने स्थानिय समुदायले मागगर्दै आएका छन् ।

148 Views
%d bloggers like this: