६ माघ २०८०, शनिबार

ताजा खबर

बर्दिया घटनामा गृहमन्त्रीको स्पष्टीकरण : गोली हान्ने आदेश नै छैन

   २४ जेष्ठ २०७९, मंगलवार १४:३७ प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् । नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै उनले बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने बताएका छन् ।

बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले ‘नागरिकहरुको यस्तो अवरोधमा गोली प्रहार गर्ने आदेश नै छैन । सम्झाई बुझाइ गर्ने, कमभन्दा कम शक्ति प्रयोग गर्ने भनेका छौं । सीडीओले पनि आदेश दिएको छैन भन्नु भएको छ । तर त्यहाँ गोली चलेको छ र एक युवतीको निधन भएको छ ।’

घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको उनले बताए । गृहमन्त्री खाँणले अघि भने, ‘जसले गल्ती गरेको छ, त्यसअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।

यसै बिच बर्दियाको मधुवन नगरपालिकाको कार्यलयमा बसेको सर्वदलिए बैठक ले पनि अन्धाधुन्ध गोली चलाउन आदेश दिने र चलाउन लगाउने सरकारवाला पक्षलाई सरकारसंग कारवाहीको माग गर्ने सर्वदलिय बैठकले निर्णय गरेको छ ।

प्रहरीले गोली चलाउदा सोमबार साँझ १९ वर्षिय नविना चौधरीको घटनास्थल मै मृत्यु भएको र २२ वर्षिय राकेश चौधरी गम्भिर घाईते भएको हुन् । बाघको आक्रमणको विषयलाई लिएर सोमबार स्थानीय र प्रहरी बिच झडपमा गोली लागी मृत्यु हुने चौधरीको परिवारलाई उचित क्षतिपुर्तिको लागि सरकारलाई अनुरोध गर्ने मधुवन नगरपालिकाको कार्यलयमा बसेको सर्वदलिए बैठक मंगलबार निर्णय गरेको छ ।

141 Views
%d bloggers like this: