६ माघ २०८०, शनिबार

ताजा खबर

विभेदकारी बढुुवा भएको भन्दै प्रभुु बैंकका कर्मचारी आन्दोलित

   १२ भाद्र २०७९, आईतवार १५:५५ प्रकाशित

काठमाडौं– प्रभुु बैंकको कर्मचारी युनियनले बिजुलीबजारस्थित केन्द्रिय कार्यलय अगाडी आन्दोलन गरेका छन् । आफूमाथि भएको विभेदको अन्त्य गर्नुपर्ने भन्दै करिब एक हप्तादेखि उनीहरु आन्दोलनमा उत्रियका हुन् ।

बैंकले गत श्रावन २७ गते एक हजार कर्मचारीको बढुवा गरेको थियो । बढुवा गर्ने क्रममा विभेदकारी पदोन्नती भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

बैंकले धरै योग्य कर्मचारीहरुको बढुवा नगरी विधि मिचेर योग्यता नै नभएको कर्मचारीको बढुवा गरेको उनीहरुको गुनासो छ । “हामीले ध्यान आर्कषण गर्नको लागि एउटा पत्र पठाएका थियौँ, उनीहरु भन्छन्, पत्रको समय सिमा सकिदा पनि बैंकबाट कुनै जवाफ आएको छैन् । बैंकले जबसम्म हाम्रो माग पूरा गर्दैन तबसम्म हाम्रो आन्दोलन जारी हुन्छ ।”

बैंकिङ सेवा भनेको अतिआवश्यक सेवा हो । ग्राहकको अधिकारलाई ध्यानमा राखी शान्ति कायम गरेर नाराबाजी नगरी ब्यानरमा मागहरु लेखेर बसेको उनीहरुको भनाई छ । कर्मचारीहरु बैंकको कुनै काममा अबरोध नआउने तरिकाले आफ्नो माग राख्दै कार्यलय अगाडी धर्ना बसेका छन् ।

उनीहरुले संस्थागत शुसाशन कायम गनुपर्ने र संस्थागत संस्कृतिको विकास गर्नु पर्ने माग राखेका छन् । साथै, कर्मचारी विभेद अन्त्य गर्नुपर्ने र विभेदकारी पदोन्नती सूचीमा छुटेका सम्पूर्ण कर्मचारीहरुको तुरुन्त पदोन्नती गर्नुपर्ने माग गरेका छन् ।

करिब एक हप्तादेखि आन्दोलन गर्दा पनि बैंकले केही प्रतिकृया नदिएको कर्मचारीहरुको गुनासो छ ।

126 Views
%d bloggers like this: