७ माघ २०८०, आईतवार

ताजा खबर

सर्वोच्च अदालतको फैसलाले कैद सजाय सुनाईएका ज्यान मुद्धाका फरार प्रतीवादी पक्राउ

   २१ श्रावण २०७६, मंगलवार ०९:११ प्रकाशित

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर ४ का ५७ बर्षिय वलीराम खुना थारुलाई प्रहरीले पक्राउ गरेको छ । रत्नबहादुर भन्ने रत्नकली विकको कर्तब्य ज्यान मुद्धामा सर्वोच्च अदालतको ०६७ साल फागुन ०३ गतेको फैसला आदेशले थारु माथी १७ बर्ष ७ महिना १५ दिनको कैद सजाय सुनाएको थियो ।
नेपाल सरकार बादी रहेको मुद्धाका फरार प्रतिवादी थारुलाई खोजतलासका क्रममा गाउँटोलकै खेतवारीमा लुकीछिपी रहेको अवस्थामा ९ बर्षपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताए । पक्राउ गरिएका थारुलाई बर्दिया जिल्ला अदालतमा पठाईएको उनले जानकारी दिए ।

73 Views
%d bloggers like this: