७ माघ २०८०, आईतवार

ताजा खबर

सामाजिक संजालले मानसिक र शारीरिक स्वास्थ्यलाई यसरी असर पार्छ

   २१ श्रावण २०७६, मंगलवार ०९:१९ प्रकाशित

फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता विभिन्न सामाजिक मिडिया र नयाँ प्रविधिहरूले हामीलाइ साथीहरू र परिवारसँग नजिक बनाउन पहिलेको प्रविधि भन्दा अझ सजिलो बनाउँदछ ।
२०२१ सम्ममा विश्वव्यापी ३.०२ अर्ब प्रयोगकर्ताहरू बढ्ने अनुमान गरिएको एउटा सर्भेले देखाएको छ । सोशल मिडियाको प्रयोगको व्यापकताले तुलनात्मक रूपमा नयाँ सञ्चार विधिहरूको प्रयोगले हामीलाई मानसिक, शारीरिक र सामाजिक रूपमा कसरी प्रभाव पार्छ भनेर सांकेतिक चेतावनी दिन्छ ।
मानसिक स्वास्थ्य
सामाजिक संजालले सबैजनालाई केही हदसम्म विधृतिय संजालको रुपमा एकजुट गर्न खोजेको छ, त्यसैले गर्दा हाम्रो फेसबुक वालमा मित्र वा परिवारको सदस्य पोष्ट तथा आफु संग घटेका केही रमाइला पल तथा घटना पोस्टहरु ले भरिएको हुन्छ ।
सामाजिक संजालको प्रयोगले हामि माझ एक किसिमको भरोसा बढ्छ । केही घटना घट्यो या कुनै कुराको जानकारी लिन पर्यो भने हामी यसैमा निर्भर हुन्छौ ।
सामाजिक संजालको धेरै प्रयोगले मानसिक रुपमा संजालको भर बढी पर्दै जाने हुनाले एक्लोपन बढ्दै जान्छ र भेटघाट कुराकानि जस्ता पाटाहरु घट्दै गर्दा सामाजिक संजालको एक छिन प्रयोग नगर्दा एक किसिमको मानसिक दुर्वलता पनि बढ्दै जान्छ ।
सामाजिक संजालको प्रयोगले हामीलाई आनन्दित बनाउँछ, त्यो एक किसिमले सही छ तर कुनै घटना या खबरमा कुन सहि हो र कुन गलत छ भन्ने भ्रमको सिर्जना हुने जस्ता बानीहरुको बिकास हुदै जान्छ ।
शारीरिक स्वास्थ्य
सकारात्मक मान्छे जसरी पनि आफ्नो स्वास्थ्य व्यवस्थापन र त्यसमा पर्ने असरहरुको बारेमा सामाजिक मिडियामा पढेर के को फलस्वरूप स्वास्थयमा गर्छ जस्ता जानकारी लिएर आफ्नो स्वास्थ्य बानी सुधार गरेका पनि छन् ।
स्मार्टफोन कम्प्युटर तथा विभिन्न किसिमको बिद्यृतिय उपकरणहरुको प्रयोगहरू मार्फत मानिसमा उपकरण तथा सामाजिक संजालको लतले गर्दा नियमित व्यायाम, खानपिन र सरसफाईमा ध्यान दिन छाड्ने गर्दछन । यस्ता लतले गर्दा मानव स्वास्थयमा असर गर्छ भनि नभनि सकिदैन । सामाजिक संजालको प्रयोग गर्दा समय बितेको थाहा नहुने कारणले गर्दा व्यक्तिगत स्याहार जस्तै रातमा सुत्ने समय र बिहान उठ्ने समय नियमित नहुदा स्वास्थयमा गम्भिर असरहरु देखा पर्ने गर्दछ ।
छोटकरीमा सामाजिक संजालको धेरै प्रयोगले निम्नानुसारको असर हरु देखा पर्दछन ।
१)सामाजिक संजालमा धेरै समय खर्चिनाले व्यक्तिगत भेटघाट कुराकानीमा कमि आउदछ ।
२)च्याट तथा सोशल मिडियाको धेरै प्रयोगले गर्दा सोशल मिडियामा कति समय खर्च गर्नुहुन्छ भन्ने बारे जानकारी नहुनु ।
३)सामाजिक संजालको बढी प्रयोगले अन्य गतिविधिहरूमा चासोको कमी
४)फेसबुक वा ट्विटर मा पोस्ट र टिप्पणी गर्नको लागि आफ्नो काम वा स्कूल बेवास्ता हुने ।
५)सामाजिक मिडिया प्रयोगको कारण एक्लोपन बढ्दै जादा व्यक्तिगत वा व्यावसायिक जीवनमा नकारात्मक असर पर्ने गर्दछ ।
(संकलनः प्रशान्त टण्डन)

158 Views
%d bloggers like this: