६ माघ २०८०, शनिबार

ताजा खबर

क्याम्पसको स्तरोन्नति गर्न महायज्ञ

   २६ कार्तिक २०७६, मंगलवार १६:४० प्रकाशित

मुरली गोडिया
बर्दिया । बर्दियामा क्यापसको भौतिक तथा शैक्षिक स्तरउन्नतीका लागी श्रीमद्भागवत धन धन्याञ्चल ज्ञान महायज्ञको अयोजन हुने भएको छ । क्याम्पसलाई स्थायित्व प्रदान गर्दै शिक्षाको अवसरबाट वञ्चित गरिव, बिपन्न, श्रमिक र मुक्त कमैयाहरुको छोरा छोरीहरु पनि आफ्नै गाँउ ठाँउको क्याम्पसमा उच्च शिक्षा लिन सहज होस भन्ने उद्देश्यले महायज्ञ गर्न लागिएको हो । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ६ मा अवस्थित सदाशिव बहुमुखी क्याम्पस मा मंङसीर १९ गते देखि २६ गते सम्म श्रीमद् भागवत धनधन्याचल ज्ञान महायज्ञ हुने मुल समरोह समितिका संयोजक बिपिन कुमार पोखरेलले जानकारी दिए ।
महायज्ञबाट सङकलित रकम क्याम्पसलाई स्थायित्व प्रदान गर्दै शिक्षाको अवसरबाट जिल्ला भन्दा बाहिर जानुपर्ने बध्यता, क्याम्पसमा अपुग भएको भवन निर्माण, जग्गाको कमी जस्ता समास्यालाई समाधान गर्दै गरिव, बिपन्न, श्रमिक र मुक्त कमैयाहरुको छोरा छोरीहरु पनि आफ्नै गाँउ ठाँउको क्याम्पसमा उच्च शिक्षा लिन सहजताका निम्ती ज्ञानमहायज्ञको अयोजन गर्न लागिएको पत्रकार सम्मेलनमा संयोजक पोख्रेल बताए ।
महायज्ञबाट बिभिन्न दानबिर दाताहरु, संघ संस्था त्यसैगरी संघ, प्रदेश र स्थानीय सरकार लगायत राष्ट्रिय अन्तराष्ट्रिय गरी ७ करोड संकलन हुने अनुमान अयोजकको छ । जसमध्ये ६० लाख रकम खाना, मंच व्यवस्थापन, यातायात, बगैचा निर्माण, पुस्तकालय निर्माण लगायतका थुप्रै कार्यहरुमा लग्न सक्ने पनि महायज्ञ मुल समरोह समितिका संयोजक पोखरेलले बताउनु भयो । उच्च शिक्षा सुनिश्चितताका लागि ज्ञान महायज्ञ भन्ने नाराका साथ वाचक प्रवीण पण्डित श्री दीनबन्धु पोखरेलको वाचकत्वमा हुने भागवत धन धन्याचल ज्ञान महायज्ञको अहिले तयारी तिव्र रुपमा भैरहेको महायज्ञ मुल समरोह समितिका उप संयोजक ओम शर्मा काफ्ले ले बताउनु भयो ।
हाल सम्ममा २७ सदस्यीय बिशेष सचिवालय समिति, ७५ सदस्यीय सचिवालय समिति र ६५ वटा बिषयगत उपसमितिहरुको गठन गरीरहेको महासचिव कर्ण बहादुर भाटले जानकारी दिनु भयो । समाजमा बिभिन्न किसिमका बिचलनहरु आइरहेको बेला यस महायज्ञले सबैको सोचाइमा सकरात्मक परिर्वटन ल्याउनको निम्ति यो यज्ञ शुरु गर्न लागेको महायज्ञ मुल समरोह समितिका उप संयोजक मोहन थारुले बताउनु भयो । साथै प्रचार प्रसार ब्यापक रुपमा गरी दिनको लागि मुल समरोह समितिका उप संयोजक थारुले सबै मिडियाहरुलाई अवहान गर्नु भएको थियो ।
वि.स.ं २०६७ सालमा त्रि.वि. बाट सम्बन्धन प्राप्त यस क्याम्पसमा मानविकि तथा शिक्षा संकाय तर्फ २ सय २५ जना विद्यार्थीहरु अध्ययनरत छन । क्याम्पसमा २१ जना शिक्षक तथा कर्मचारीहरु सेवारत छन । यस महायज्ञबाट संकलित रकमबाट क्याम्पसलाई स्थायित्व प्रदान गर्दै आजको महङगो शिक्षाका कारण उच्च शिक्षाको अवसरबाट वञ्चित यस ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब, विपन्न, स–साना व्यापारी, श्रमिक, मुक्तकमैयाहर लगायत अन्य समुदायका शिक्षाप्रेमीलाई अफनै गाँउघरको क्याम्पसबाट उच्च शिक्षाको सहज अवसर प्रदान गराइने उद्धेश्य राखिएको छ ।

192 Views
%d bloggers like this: