क्यान महासंघको निर्वाचन २०७६
मंसिर ४
सुचना प्रविधिको क्षेत्रमा कार्यरत देशकै ठूलो छाता संगठन क्यान महासँघमा निर्वाचन समितिको चरम लापरवाही छताछुल्ल भएको छ । कार्तिक २२ गते प्रमुख निर्वाचन अधिकृत (बार एसोशियसनका महासचिव) लीलामणि पौडेलले आप्नो हस्ताक्षरमा निर्वाचन तालिका प्रकाशन गरेयता उनी सम्पर्कमा छैनन् । त्यस यताका सुचना सबै वकीलद्वय अशोक कुमार मिश्र र संजिव लामाको हस्ताक्षरमा टाँसिएका भएपनि त्यसमा मिति नै उल्लेख गरिएको छैन । आंकाक्षी उम्मेदवारलाई दिग्भ्रमित पार्ने गरि उक्त सुचना निकालिएको हुनसक्ने भन्दै उक्त व्यवस्था पहिलेनै हुन्छ भन्ने थाहा पाएको भए मैले पनि वारेसनामा मार्फत उम्मेदवारी दिन्थें नि भन्दै हाल केहि दिनको लागि अमेरिकामा रहनु भएका डा. अभिजित गुप्ताले बताउनुभयो । आफू पनि कानूनको विद्यार्थी भएको बताउँदै निर्वाचन समितिले एकदमै सुक्ष्म रुपमा काम गर्नुपर्ने भएकोले नै सामान्य त्रुटी नहोस् भन्नका लागि कानून व्यवसायीलाई प्रयोग गरिने अन्तराष्ट्रिय प्रचलन रहेको वहाँले बताउनुभयो ।
क्यानमा देखिएको निर्वाचन समितिको बेथितीले निर्वाचन समितिले सामान्य सिद्धान्तलाई लत्याएर अध्यक्षका प्रत्यासी उम्मेदवार नवराज कुँवरको पक्षमा लागेको आरोप उजुरीकर्ताहरुको छ । उम्मेदवारी घोषणा गर्दा नै सुनैना घिमिरे पाण्डेको पक्षमा उच्च जनलहर देखिएपछी त्रसित भै रातारात एकएक उम्मेदवारलाई पछि हट्नको लागि विभिन्न राजनीतिक तहबाट मानसिक दवाव दिई तथा दबाब दिन नमिल्ने लाई अनेक थरीका प्रलोभन दिइएको स्रोतले बतायो । सदस्यले आफू सदस्य रहेको महासँघको हरेक गतिविधिको सुचना आवश्यकता पर्दा उपलब्ध गराउँदै संविधानले व्यवस्था गरेको सुचनाको हक नै कुण्ठित पारिएको भनेर एक उम्मेदवार चिच्याउँदै थिए, भने कुँवर पक्षधरहरु भने आफूहरुको षडयन्त्र सफल भएकोमा निकै मजाले हाँसिरहेका थिए ।
महासँघ जस्तो गरिमामय छाता संगठनमा देशका ४८ जिल्लाबाट प्रतिनिधीहरुले उम्मेदवारी दिनसक्ने व्यवस्था भएकोमा बाटोको मयाद समेत नरहने गरि रातारात सुचना परिवर्तन गरि टाँसिएको आरोप लागेको छ भने झण्डै १२०० मतदाताको नामावली विरुद्ध दाबी बिरोध गर्नका लागि २ घण्टा मात्रै समय दिईएको र उजुरी गर्नका लागि ईमेलको व्यवस्था नगरि उजुरीकर्ता स्वयम् उपस्थित हुनुपर्ने हाँस्यास्पद कुरा निर्वाचन अधिकृतले सुनाएको भन्दै उजुरिकर्ताले परेको उजुरीका संबन्धमा लिखित जवाफ पाउनुपर्ने सुचनाको हक समेत कुण्ठित पार्दै ठाडो आदेश दिएको हुनाले सम्बन्धित उजुरी नपढी त्यस्तो जवाफ दिएको साथै संविधानले सुरक्षा गरेको आफ्नो गोपनियताको हक समेत कुण्ठीत पारिएको उजुरिकर्ताहरुले बताए ।
दाबी विरोधका संबन्धमा पनि उजुरीकर्ताले नै सबै प्रमाण जुटाई निर्धारित समयभित्र उजुरी दिनुपर्ने भन्ने गैर जिम्मेवारपूर्ण जवाफ निर्वाचन अधिकृत अशोक कुमार मिश्रले दिएको र चित्त नबुझेमा माथिल्लो निकायमा जान समेत सुझाव दिएका हुन् । विगत तिन दिन देखिको निर्वाचन समितिको काम कारवाही एकपक्षीय देखिएको कुरा महासंघको विधानको पहिलो संसोधनबाट दफा ६.७.को व्यवस्था अनुरुप १० वर्ष अविच्छिन्न रुपमा नविकरण भएका व्यक्तिगत साधारण सदस्यहरु आजिवन व्यक्तिगत सदस्य बन्न चाहेमा प्रकृया पूरा गरि केन्द्रिय कार्यसमितिले व्यक्तिगत आजिवन सदस्यता प्रदान गर्न सक्नेछ ।” भन्ने व्यवस्था भएपनि अध्यक्षका प्रत्यासी उम्मेदवार कूँवरको सदस्यता उपर कार्यसमितिमा छलफल नै नगरि लिईएको भनी उजुरी परेको थियो भने सो कुराको पुष्टी उनको सदस्यता प्राप्त गरेको मिति १२औं कार्समितिको निर्वाचनको केही दिन अगाडी मात्र देखिनुले पनि पुष्टी गर्छ, महासंघले अधिवेशनको तिन महिना अगाडीदेखिनै पत्र-पत्रिकामा सुचना प्रकाशित गरि सदस्यता वितरण बन्द गर्दछ भने यसअघि १२औं कार्समिति निर्वाचन प्रयोजनका लागि मंसीर मसान्तभित्र नविकरण गरेको हुनुपर्ने सुचना दिएको थियो । सो व्यवस्था अनुसार पनि निजले उक्त सदस्यता उक्त मितिमा लिनु नै बदनियत पूर्ण देखिन्छ भन्ने उजुरीकर्ताले दाबी गरेका छन् ।
त्यसैगरि काभ्रे जिल्लाबाट व्यक्तिगत आजिवन सदस्यता लिएका प्रदेश ३ नम्बर प्रदेश अध्यक्ष मनोज कुमार न्यौपानेले विधानको व्यवस्था विपरित केन्द्रबाट पनि व्यक्तिगत सदस्य लिएकोले उनी प्रस्तावक समर्थक रहेको उम्मेदवारको उम्मेदवारी समेत खारेज गरि निज न्यौपानेको सम्पूर्ण सदस्यता खारेज गरिपाउँ भन्ने पनि उजुरी परेको छ भने विधानमा प्रष्ट एक पूर्ण कार्यकाल पुरा गरेको जिल्ला अध्यक्ष वा प्रदेश अध्यक्ष भईसकेको व्यक्ति मात्रै केन्द्रको सदस्य पदमा उम्मेदवारी दिन मिल्ने भन्ने प्रावधानको समेत ठाडो उल्लंघन गरि निर्विरोध निर्वाचित भन्दै भ्रामक समाचार फैलाईएको भन्दै उजुरी परेको हो । क्यानको निर्वाचनमा उम्मेदवारी दिएकै दिनदेखि कुँवर समुहका व्यक्तिहरुले भ्रामक समाचार फैलाउँदै सामाजिक सञ्जालमा आतङ्क मच्चाएका छन् । निर्वाचन समितिले भने एकोहोरो यस विषयमा हामीले अरु बोल्दैनौ भनेर पन्छिने काम मात्र गरेको र चित्त नबुझे सम्बन्धित निकायमा जानु भनेर ठाडो जवाफ दिएका छन् । उसो त प्रमुख निर्वाचन अधिकृत समेत उच्च राजनितिक तहको दवावमा परी देश छाडेर हिँडेको हुनाले क्यानमा सुसासन खोज्नु बेकार जस्तै लाग्न थालेको र आगामी दिनमा आफ्नो सदस्यता नविकरण गर्ने कि नगर्ने भन्ने दोधारमा रहेको कुरा निराश हुँदै एक सदस्यले बताएका छन् ।