७ माघ २०८०, आईतवार

ताजा खबर

गुँरास माध्यमिक विद्यालयको अध्यक्षमा गौतम

   ३ चैत्र २०७६, सोमबार १२:१६ प्रकाशित

यज्ञप्रसाद सापकोटा । मधुवन, चैत्र २ गते आईतबार
बर्दियाको मधुवन नगरपालिका ६ मा रहेको गुँरास माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति मेवालाल गौतमको नेतृत्वमा गठन भएको छ । गुँरास माध्यमिक विद्यालयका अभिभावकहरुको भेलाले गौतमलाई अध्यक्ष चयन गरेको हो ।


त्यसैगरी व्यवस्थापन समितिका सदस्यहरुमा लोक बहादुर वली,यम कुमारी भाट, अम्बीका खतिवडा चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिमा सम्बन्धीत वडाका वडाध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको छ । गुँरास माध्यमिक विद्यालयमा मधुवन नगरपालिका वडा नं ६ का वडाध्यक्ष भक्तबहादुर सुनार पदेन सदस्य भएका छन् भने विद्यालयका प्रधानाध्यापक केशव पौडेल सदस्य सचिव रहेका छन् ।


विद्यालय व्यवस्थापन समितिको आजै बसेको बैठकले विद्यालय व्यवस्थापन समितिमा २ जना सदस्यहरुलाई मनोनित गरेको छ । मनोनित हुनेमा मधुवन नगरपालिकाका मोहन सिंह र मधुवन ५ का कल्पना राजी रहेका छन् ।


यता विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः लक्ष्मण कुमार कुँवर चयन भएका छन् । संघको सदस्इमा रामकृष्ण थारु, रत्नकला भाट, माया घले, इन्द्रबहादुर शाही, कृष्ण रोकाय, नास्पती थरुनी र भुमिसरा खत्री चयन भएका छन् । अध्यक्ष कुँवरको संघमा दोस्रो कार्यकाल हो ।

129 Views
%d bloggers like this: