+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वडा अध्यक्ष दिलिप गुरुङद्वारा अभिभावकविहीन नानिबाबुलाई सामग्री वितरण

बर्दिया न्युज
२०८१ माघ २१, सोमबार

बर्दिया, मधुबन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिलिप गुरुङले वडा कार्यालयको प्रशासनिक खर्च कटौती गरी सरस्वती आधारभूत विद्यालय, पत्थरबोझीका अभिभावकविहीन नानिबाबुहरूलाई विभिन्न आवश्यक सामग्री वितरण गर्नुभएको छ।

सरस्वती पूजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक घनराज खत्रीलाई सामग्री हस्तान्तरण गरिएको हो। उक्त सामग्रीमा ४० जोडा चप्पल, १० दर्जन कापी, १० पाकेट कलम, ५ पाकेट सिसाकलम, फलफूल लगायतका आवश्यक सामग्री प्रदान छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक घनराज खत्रीले अभिभावकविहीन नानिबाबुहरूलाई गरिएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै वडा कार्यालयलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले यस्तो सहयोगले विद्यालयमा अध्ययनरत बालबालिकालाई थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

वडा अध्यक्ष गुरुङले वडा कार्यालयमा कार्यरत कर्मचारीहरूको खाजा-नास्ताको खर्च बचत गरी सहयोग गरिएको जानकारी गराउँदै भविष्यमा पनि सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा मधुबन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीको विशेष उपस्थिति रहेको थियो। उहाँले पनि विद्यालयमा अध्ययनरत अभिभावकविहीन बालबालिकाका लागि गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ