बर्दिया, जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरू तथा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममार्फत बर्दियामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान माघ २२ गतेदेखि सुरु गरिने कुरा स्वास्थ्य कार्यालय बर्दियाको प्रमुख साबित्रि पौडेलले जानकारी दिनुभएको छ ।
स्वास्थ्य कार्यालयका बर्दियाका अनुसार १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाइने छ। विद्यालय अध्ययनरत कक्षा ६ देखि १० सम्मका १९ हजार ४ सय ९० जना छात्रा तथा विद्यालय बाहिर रहेका १ हजार १ सय ३१ जना किशोरी, गरी २० हजार ६ सय २१ जना महिला किशोरिहरुलाईलाई लक्षित गरिएको छ ।
माघ २२ गते, विश्व क्यान्सर दिवसको अवसरमा औपचारिक रूपमा खोप अभियान सुरु गरिनेछ। खोपको प्रभावकारिता ८०% रहेको स्वास्थ्य कार्यालय प्रमुख सावित्री पौडेलले बताउनुभयो। खोप १ पटक मात्र लगाउन हुने छ । मासपेसिमा लगाईने यो खोप क्यान्सर बिरुद्ध प्रभावकारी हुने कुरा प्रमुख पौडेलले बताउनु भयो ।
प्रमुख पौडेल भन्नुभयो, लक्षित उमेर समुह मध्य गभर्वती, विगतमा खोप लगाउँदा गम्भीर एलर्जी भएका व्यक्ति र खोप लगाउँदा कुने एनाफाईलेक्सिस भएका किशोरी एवम् महिलाहरुलाई यो खोप लगाउनु हुदैन ।
बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुभाष पाण्डेयका अनुसार एचपीभी भाइरस पुरुषसँगको यौन सम्पर्कका कारण सर्ने हुदा लक्षित समुहका किशोरीहरुले यो खोप लगाउन पर्ने छ । निजी अस्पतालहरूमा यो खोप लगाउँदा ६ हजारभन्दा बढी खर्च लाग्ने भएकाले लक्षित समुदायलाई निःशुल्क अभियानबाट लाभ लिन आग्रह गरिएको छ।
जिल्लाभर ३०६ वटा खोप केन्द्र तोकिएको छ भने ३०६ जना स्वास्थ्यकर्मी खटाइने छन् । खोप अभियान विद्यालयमै सञ्चालन गरिनेछ ।