+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दक्षिण कोरियामा विमान दुर्घटना, ६२ जनाको मृत्यु

बर्दिया न्युज
२०८१ पुष १४, आईतवार

दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा विमान एउटा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६२ जनाको ज्यान गएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ।

न्याश्नल फायर एजेन्सीले मृतक ६२ मध्ये ३७ जना महिला र २५ जना पुरुषहरू रहेको जनाएको छ।

उक्त विमान रन वेबाट उछिट्टिएको थियो र देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको थियो।

जेजु एअरको उक्त विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। सो विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ