+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बार्सिलोना रियलभन्दा १४ अङ्कले पछाडि

बर्दिया न्युज
२०८१ बैशाख १५, शनिबार

काठमाडौं – स्पेनिस लिग लालिगामा बार्सिलोना रियल मड्रिडभन्दा १४ अङ्कले पछाडि परेको छ ।
गए राति रियल मड्रिडले रियल सोसियडलाई १ गोलले हराएपछि शीर्ष स्थानको मड्रिडको ३३ खेलबाट ८४ अङ्क भएको छ । १ खेल कम खेलेको बार्साको जम्मा ७० अङ्क सहित तालिकाको दोस्रो स्थानमा छ ।
निकै प्रतिस्पर्धात्मक मानिने बार्सा र मड्रिडले गत हप्ता ए क्लासिक खेल्दा बार्सा ३-२ गोलले पराजित भएको थियो । उता मड्रिड यसपालि लालिगा र च्याम्पियन्स लिग दुवै हात पार्ने दौडमा छ भने बार्सा च्याम्पियन्स लिगको क्वार्टर फाइनलबाटै आउट भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ