+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बस दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु

बर्दिया न्युज
२०८१ बैशाख २३, आईतवार

कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ। दुर्घटनामा परेर प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले बताए।

प्रा.डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन्। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा।३ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो। दुर्घटनामा परेर अरू ३ जना घाइते भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ