+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हुक्का र ईलेक्टोनिक सिगरेट प्रयोग गर्नेको सङ्ख्या बढ्यो

बर्दिया न्युज
२०८० चैत्र २५, आईतवार
 नेपालका युवाहरूमा हुक्का र ईलेक्टोनिक सिगरेट जस्ता नयाँ प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग बढ्न थालेको छ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थको नियन्त्रणको विषयमा गरेको सर्वेक्षणले उक्त निष्कर्ष निकालेको हो। सो अध्ययनले युवाहरूमा हुक्का तथा ई-सिगरेटको प्रयोग बढ्दै गएको भन्दै हुक्का र ई-सिगरेटलाई स्वास्थ्य जोखिम करको दायरामा ल्याउनुपर्ने  र अन्तःशुल्क पनि वृद्धि गर्नुपर्ने प्रतिष्ठानले सुझाव दिएको छ।
प्रतिष्ठानले  सार्वजनिक गरेको सर्वेक्षण अनुसार नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ जनाको मृत्यु हुने गर्छ। जुन मृत्यु प्रतिघण्टा सरदरमा ४ जना भन्दा बढी हो।
सर्वेक्षणको अनुसार  हाल नेपालमा सुर्तीजन्य पदार्थको सेवनकर्ताको सङ्ख्या ३४ प्रतिशत छ।
विश्व स्वास्थ्य सङ्गठनले सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशत कर लगाउनुपर्ने मापदण्ड बनाए पनि नेपालमा सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ४१ प्रतिशत मात्र कर लगाइएको पाइएको छ। उक्त सर्वेक्षणले सुर्तीजन्य पदार्थमा कर वृद्धि गरे खपतमा कमी हुने तथा राजस्वमा वृद्धि हुने जनाएको छ।
कार्यक्रममा स्वास्थ्य शिक्षा प्रशासक प्रमुख डा.भक्तबहादुर केसीले नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने जानकारी समेत दिएका छन्। उनले सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने निर्देशिकामा ई–सिगरेट प्रयोग, निर्यात, प्रयोग आयत बन्द गर्ने उल्लेख गरेकाले अब छिट्टै कार्यान्वयनका लागि जाने जानकारी दिए ।
उनले भने, “यो निर्देशिका निस्किसकेपछि नियम, कानुन, ऐनसम्मत नभएको भन्दै मुद्दा दायरा भएको थियो । हालै अदालतले निर्देशिका नियम, कानुन र ऐनसम्मत भएको सफाइ दिएको छ । अब निर्देशिका कार्यान्वयनमा गएपछि ई–सिगरेट नेपालमा बन्द हुन्छ ।”

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ