+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोपा अमेरिका २०२४ उपाधि अर्जेन्टिनालाई

बर्दिया न्युज
२०८१ असार ३१, सोमबार

अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ।

हार्ड रक रंगशालामा सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा मार्टिनेजले खेलको ११२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।  उनले जियोवानी लो सेल्सोको पासमा गोल गरेका हुन्।

लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो। ६६औं मिनेटमा कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीलाई चोटका करन गुमाएको अर्जेन्टिनाले उपाधि भने जित्न सफल रह्यो।

२०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि समेत जितेको थियो।  फाइनलमा गोल गर्ने मार्टिनेज प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बने ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ