+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज अदालतमा पेस गरिने

बर्दिया न्युज
२०८१ कार्तिक ४, आईतवार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज अदालतमा पेस गरिने भएको छ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई राति नै पोखरा लगिएको थियो। हिजो सार्वजनिक बिदा परेका कारण आज मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनीलाई पक्राउ गरिएको गरिएको थियो।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ