+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हरेक जिल्लाबाट कम्तीमा सय जना पाेखरा पुग्न रास्वपाको निर्देशन

बर्दिया न्युज
२०८१ कार्तिक ४, आईतवार

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न निर्देशन जारी गरेको छ।

सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधका लागि रास्वपाले नेता कार्यकर्तालाई पोखरा पुग्न सर्कुलर जारी गरेको हाे।  केन्द्रीय सचिवालयको निर्देशन अनुसार कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भनिएको छ।

कार्यकर्तालाई सन्देश पठाउँदै सक्दो छिटो पोखरा ‘मुभ’ हुन आग्रह गरिएको छ।

सहकारी ठगी प्रकरण रास्वपा सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरी शनिबार विहान पोखरा पुर्‍याएको छ। लामिछानेलाई आज अदालतमा पेश गरिँदै छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ