+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अबदेखि ट्राफिक चेकिङको क्रममा नागरिक एपबाटै लाइसेन्स देखाए पुग्ने

बर्दिया न्युज
२०८१ कार्तिक ४, आईतवार

अब सवारी साधन चलाउँदा चालक अनुमति पत्र (लाइसेन्स) बोक्न नपर्ने भएको छ।

अबदेखि सवारी चालकहरूले ट्राफिक चेकिङको क्रममा नागरिक एपबाटै आफ्नो सवारी लाइसेन्स देखाए पुग्ने भएको छ। ट्राफिक प्रहरीले पनि त्यहाँ देखाइने क्युआर कोडलाई नेपाल प्रहरीको एपबाट स्क्यान गरी सवारी लाइसेन्सको जाँच गर्न सक्छन्।

कुनै ट्राफिक उल्लंघन गरेमा चिटसमेत यसैबाट काट्‍न सक्ने सुविधा छ। चिट काटिसकेपछि भुक्तानी भए/नभएको विवरण पनि एपमै उल्लेख हुनेछ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक कार्यक्रम आयोजना गरी सवारी चालकहरूले आफ्नो लाइसेन्स नागरिक एपबाट देखाए पुग्ने घोषणा गरेको हो।

गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंङ्घन रेकर्ड सिस्टम (टिभिआरएस) को ई-चलान (डिजिटल चिट) को शुभारम्भ गरेका हुन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ