+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारले आज १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै

बर्दिया न्युज
२०८१ कार्तिक ७, बुधबार

सरकारले  आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्दैछन्।

नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो।  पछिल्लो समय प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको विरोधलाई चर्काउँदै लगेका छन्। मंगलबार मात्रै माओवादीले काठमाडौँमा ओलीको पुत्ला दहन गरेको थियो भने रास्वपाले चितवनमा ओलीको मृत्यु भएको भन्दै शवयात्रा गरेको छ।

प्रधानमन्त्रीविरुद्ध हुने विरोधका गतिविधिलाई संयमित बनाउनका लागि आवश्यक परे बल प्रयोग गर्नुपर्ने ओलीको मत छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ