+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारले लोकतन्त्रको कुरा गर्नु हाँस्यापद : अग्नि सापकोटा

बर्दिया न्युज
२०८१ कार्तिक १०, शनिबार

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ओली नेतृत्वको सरकारले लोकतन्त्रको कुरा गर्नु हाँस्यापद भएको टिप्पणी गरेका छन्।

सरकारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार जनताको नभएर सीमित दलाल पूँजीपति, विचौलिया वर्गको भएको आरोप लगाएका छन्। उनले यो सरकारले जनताको हितमा कुनै काम नगरेको बताए।

झम्टिझम्टि प्रतिनिधिसभालाई विघटन गर्न खोज्नेले आज पनि पार्टी फुटाउनको लागि अनेक हर्कत गरिरहेको बताउँदै उनले कल्पना नै नगरेको घटनाहरु आइरहेकाले सचेत भएर हिँड्नुपर्ने उनको भनाइ छ।

उनले थपे, ‘सरकारको रवैया हेरेर निकै सशक्त आन्दोलनको तयारीमा छौं।’

उनले सरकारले भ्रष्टाचारी र विचौलियालाई संरक्षण गर्न लागिपरेको आरोप लगाए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ