+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले माग्यो झण्डै ९ सय जना जनशक्ति

बर्दिया न्युज
२०८१ पुष १५, सोमबार

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नेपालगञ्जमा रहेको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले झण्डै ९ सयको संख्यामा विभिन्न पदमा जनशक्ति माग गरेको छ।

तीन सय शय्याको अस्पताल चलाइरहेको कलेजले विभिन्न कार्यक्रम सञ्चालनका लागि जनशक्ति माग गरेको हो। कलेजले निकालेको सूचनाअनुसार अस्पताल र कलेजका लागि सबैभन्दा धेरै नर्सिङ जनशक्ति माग गरिएको छ। सूचनाअनुसार ४०० नर्सका लागि रोजगारी खुला गरिएको हो।

कलेजले कन्सलटेन्ट डाक्टरदेखि मेडिकल अफिसर र फार्मेसीदेखि ल्याबसम्मका विभागमा जनशक्ति माग गरेको हो।

नेपालगन्जमा ३०० बेड अस्पतालसहित कलेज सञ्चालनमा छ। उक्त अस्पताल तथा कलेज सञ्चालनका लागि योग्य, अनुभवी तथा प्रतिबद्ध इच्छुक व्यक्तिहरूको आवश्यकता रहेकोले दरखास्त आह्रवान गरिएको छ,’ कलेजको सूचनामा भनिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ