+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता हुनु हुँदैन- प्रधानमन्त्री दाहाल

बर्दिया न्युज
२०८० चैत्र ९, शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाललले उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पारे।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।

गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले ुदक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्त्वपूर्ण रहेको बताए।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ