पोखराको शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
प्रदर्शनका लागि रास्वपा र सहकारी पीडित आमनेसामने हुने अवस्था आएपछि साे क्षेत्रलाइ निषेधित क्षेत्र घोषणा गरिएको हाे।
शुक्रबार बेलुका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि शनिबारदेखि पाेखरामा दुवैपक्षको प्रदर्शन भइरहेको थियाे। यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ।
यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मात्र निषेधित क्षेत्र ताेकिएकाे थियाे ।
