+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रविलाई आज अदालतमा उपस्थित गराइँदै

बर्दिया न्युज
२०८१ कार्तिक २५, आईतवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धकाे अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएको छ।

सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका उनको म्याद सकिएसँगै उनलाई आज (आइतबार) कास्की जिल्ला अदालतमा उपस्थित गराउने तयारी भएको छ।  पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो। १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो। सो म्याद शनिबार राति सकिएसँगै अब चौथो पटक म्याद थपको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ।  यही कात्तिक २ गते आफ्ना सभापति लामिछाने पक्राउ परेयता रास्वपा आन्दोनरत छ । राजनीतिक पूर्वाग्रहका आधारमा लामिछानेलाई पक्राउ गरिएको सो दलको आरोप छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ