+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस गरियो

बर्दिया न्युज
२०८१ मंसिर ५, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा   पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । ‘प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका छौँ । र, उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिनेछ,’ उनले भने ।

साइबर अपराधसम्बन्धी कसुरमा प्रसाईंलाई मंगलबार सीआईबीको टोली भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ