+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश

बर्दिया न्युज
२०८१ मंसिर ९, आईतवार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ।

इजलासले विपक्षीको नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ।  प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए ।

आइतबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको हो।

प्रसाई‌ंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको साढे ३२ अर्ब लगानी रहेको अपुष्ट दाबी गरेका थिए। लगत्तै सिआइबीले दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनीमाथि प्रहरीले अन्य कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ