+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनपीएलका खेल हेर्न टिकट दर तोकियो

बर्दिया न्युज
२०८१ मंसिर ११, मंगलवार

मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) का खेल हेर्न आउने दर्शकका लागि टिकट दर तोकिएको छ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार टिकटदर सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार उद्घाटन दिनको खेलमा सामान्यका लागि ३ सय र भिआइपीका लागि ७ सय तोकिएको छ।लिग खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीका लागि ५ सय रुपैयाँ तोकिएको छ।

प्लेअफका खेल हुने दिन सामान्यतर्फ ५ सय र भिआइपी तर्फका लागि ५ सय र फाइलनका लागि सामान्यतर्फ ५ सय र भिआइपीतर्फ एक हजार टिकट दर तोकिएको छ ।सिजनल पासका लागि सामान्यतर्फ ४ हजार ४८० र भिआइपीतर्फका लागि ८ हजार २४० रुपैयाँ तोकिएको छ। खल्ती एफमार्फत टिकट खरिद गर्न सकिने क्यानले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ