बर्दिया, २०८१ माघ २४
गुलरिया, फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिँदै जिल्ला प्रहरी कार्यालय बर्दियाले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी शिव शंकर यादवलाई पक्राउ गरेको छ।
बर्दिया जिल्ला अदालतको मिति २०८० असोज २३ गतेको फैसलाले २० दिन कैद तथा रु ७,८०,००० जरिवाना तोकेको प्रतिवादी फरार रहि लुकिछिपी बसिरहेको अवस्थामा गुलरिया नगरपालिका–३ निवासी २४ वर्षीय शिव शंकर यादवलाई प्रहरीले आफ्नै गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको कुरा प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरकाले सुचना प्रकाशन गरि जानकारी दिनुभयो ।
बर्दिया जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले यादवलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्मानित जिल्ला अदालत बर्दिया पठाएको छ।
प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरका अनुसार, बर्दिया प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई थप प्रभावकारी बनाउँदै लगेका छन् ।