बर्दियाको मधुबन नगरपालिकामा बाघको आक्रमणमा परि एक महिला मृत्यु भएको छ।
मधुबन नगरपालिका वडा नं. ७, गंगा बस्ती निवासी ५१ वर्षीया जुना कुमारी लामिछाने बाघको आक्रमणमा परी गम्भीर घाइते भई जिल्ला अस्पतालमा उपचारमा ल्याईएको थियो ।
उपचारको क्रममा मृत्यु भएको लामिछानेलाई खेतमा काम गरिरहेका बेला बाघले एक्कासी आक्रमण गरेको बताइएको छ। बाघले लामिछानेको घाँटीमा प्रहार गरेको थियो ।
घटना बारे बोल्दै मधुबन नगरपालिका वडा न ७ का वडा अध्यक्ष राजेन्द्र हमालले घटना भएपछी म घटना स्थानमा पुग्दा हालत नाजुक देखे पछि एम्बुलेन्स बोलाई जिल्ला अस्पताल पुराएको हौ ।
यो घटनाले स्थानीयवासी र बर्दियाबासि आतंकित एवम त्रसित भएका छन्।