बर्दियाकाे मधुवन नगरपालिकाले माघ २५ गते बाघकाे आक्रमणबाट ज्यान गुमाएकी महिलाका परिवारलाई मधुवन आर्थिक सहायता प्रदान गरेकाे छ ।
मधुवन वडा नं. ७ निवासी ५१ वर्षीया मृतक जुना कुमारी लामिछाने क्षेत्रीको परिवारलाई मधुवन नगरपालिकाको तर्फबाट आर्थिक सहायता प्रदान गरिएको हाे ।

नगर प्रमुख तेज बहादुर भाटले शोकसन्तप्त परिवारलाई ७५ हजार रूपैयाँको चेक हस्तान्तरण गर्दै नगरपालिकाले पीडित परिवारको दुखमा साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयाे । उहाँले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक पहल गरिने बताउनुभयाे ।
यसअघि, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र आसपासमा बाघको आक्रमणका घटनाहरू भईरहेकाे थियाे । स्थानीयबासीले वन्यजन्तु सुरक्षा उपायहरू मजबुत बनाउन आग्रह गर्दै आएका थिए । यस घट्ना पछि मधुवनवासीहरू त्रसित भएका छन् ।