+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता युवाकाे शव फेला

बर्दिया न्युज
२०८० चैत्र १५, बिहीबार

काठमाडौं – कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर सोमबार बेपत्ता भएका लोकेन्द्र शाही बिहीबार मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार टिकापुर नगरपालिका २ सनकट्टी घाटमा उनको शव फेला परेको हो। गत सोमबार होलीको दिन शाही कर्णाली नदीमा हामफालेर बेपत्ता भएका थिए। लम्कीचुहा नगरपालिका ३ का शाही सँगै १७ जना नदीमा हाम फालेका थिए। अन्य १६ जना सकुशल भएपनि उनी बेपत्ता भएका थिए। शाही बेपत्ता भएलगत्तै उनको खोजी कार्य सुरु गरिएपनि ३ दिनपछि मात्रै उनको शव फेला परेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ