+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल ‘ए’ले ३ रनले जित्यो आयरल्यान्ड ‘ए’लाई

बर्दिया न्युज
२०८० चैत्र १९, सोमबार

काठमाडौं – नेपाल ए ले आयरल्यान्ड ए सँगको टि २० को तेस्रो अभ्यास खेलमा ३ रनको सङ्घर्षपूर्ण जित निकालेको छ ।

पहिले टस जितेर बलिङ थालेको आयरल्यान्ड ए ले नेपालका लागि २० ओभरमा ७ विकेट लिएर २१३ रन दिएको थियो । २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए ले २० ओभरमा ७ विकेटको क्षतिमा २१० मात्र जोड्न सकेको हो ।

नेपालले जित दिलाउन विपिन खत्रीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै नारायण जोशीले १ विकेट, कमल ऐरीले १, रसिद खानले १ विकेट लिएका थिए । आयरल्यान्ड ए का लागि सर्वाधिक रन ग्यारेथ डेनलीले ६८ रन जोडेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ