+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान

बर्दिया न्युज
२०८१ बैशाख ३, सोमबार

निलम्बित न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो । गिरीकी पत्नीले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् ।
२०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए । सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । २०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशले रिहा भएका थिए ।

वैवाहिक बलात्कारको कसुरमा गिरीकी श्रीमतीको जाहेरीमा जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध काठमाडौँ र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।

उच्च अदालतको आदेशविरुद्ध गिरीकी पत्नी सर्वोच्च अदालत गएकी थिइन् । गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित उनले अनसनसमेत बस्ने गरेकी थिइन् । चैत २१ मा बहस चलिरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै विष समेत समेत गरेकी थिइन् । त्यसपछि सर्वोच्च अदालतले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ