देब राजी ३० असार २०७७ बगनाहा बर्दिया बर्दियाको बबई नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका दुइ दम्पती मध्य एक जनाको शब फेला परेको छ । केही दिन अघि ठाकुरबाबा नगरपालिका ४ , बगनाहाका दम्पती नदीमा बेपत्ता भएका थिए । बबई नदी किनारमा रहेको दाउरा सङ्कलन गरेर घर फर्कने क्रममा नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका ४ बगनाहा गाउँका ३२ वर्षीय जीतबहादुर थारु र उनकी श्रीमती २६ वर्षीया राजकुमारी थारु बेपत्ता भएका थिए ।
दुइ जना मध्य २६ वर्षीया राजकुमारी थारुको शब आज मधुवन नगरपालीकाको सीमामा पर्ने बबइ नदिको कुसुम्बाघाटमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक कलाधर सापकोटाले जानकारी दिनुभयो । निरीक्षक सापकोटाका अनुसार बबई नदीको खोला र बनकट्टी घाट नजिक उनीहरु नदीमा दाउरा टिपेर नदीको छेउमा आउने क्रममा नदीमा पानीको बहाव बढेर दम्पतीलाई बगाएर लगेको बताउनुभयो ।
३२ बर्षीय जितबहादुर थारु भने अझै पनि बेपत्ता रहेका छन । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । ती दम्पती नदीमा बगेको बाख्रा चराइरहेका एक जनाले देखेपछि आफूहरुलाई खबर गरेको बर्दिया प्रहरीले जनाएको छ । बबई नदीमा बगेर बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी, जनप्रतिनिधि , स्थानीयबासीन्दाले खोजी गरिरहेका थिए ।